काठमाडौं- माओवादी केन्द्रले सरकारमा जाने थप मन्त्रीहरुको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा पठाउने मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।
माओवादी स्रोतका अनुसार वर्षमान पुनलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, गिरिराजमणी पोखरेललाई शिक्षा, शक्ति बस्नेतलाई वन, चक्रपाणी खनाललाई कृषि तथा सहकारी र विना मगरलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी छ। थापाले गृहमन्त्रालय पाएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी मातृका यादवलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।