• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  १५:१६
1140x725

कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् ।

बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन । सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ । बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति  छ । एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ ।

परम्परादेखि बोक्सीको सोच विकास भएको देखिन्छ । हामीलाई धेरै पहिलेदेखि यो सोच आएकाले तत्काल घटाउन कठिन हुन्छ । बोक्सीका नाममा कुटने, पिट्ने, दिसा खुवाउने, अमानवीय व्यवहार गर्ने घटना आजकाल पनि सुनिन्छ । यी कुरितीलाई तत्काल हटाउनु पर्छ । लामो समयदेखि मानिसको दिमागमा जरा गाडेकाले बोक्सीप्रथा हटाउन पनि योजनाबद्ध अभियानको जरुरी पर्दछ । मानिसको मनोविज्ञानलाई परिवर्तन गर्नु ठुलो चुनौती हो ।

हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भन्ने चलन छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।

मनोवैज्ञानिकरुपमा उपचार गर्ने प्रणाली विभिन्न मुलुकहरुमा अपनाइएको छ । पश्चिमा मुलुकतिर ‘साइकोलोजिकल काउन्सिलिङ’ भनिने यो उपायबारे कतिपय मुलुकमा साइकोथेरोपी, हिलिङ लगायतका नामले चिनिन्छ । कतिपय मानिसले भोगेका मनोवैज्ञानिक समस्या बाहिर निकालेर उपचार गर्न सकिन्छ भन्ने मान्यता छ । आजभोलि डान्स, लाफ्टर लगायतका थेरापी पनि प्रचलनमा छन् । जापानतिर रेकीको चलन छ । हामीकहाँ करिब ५ लाख धामी, झाँक्री र हेराउनेहरु छन् । हरेक गाउँमा एक जनाजति उपलब्ध छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली समाजमा पहिलेदेखिको चलन हेर्दा कुनै रोग वा कठिनाई भयो कि सहजै समाधानको उपाय भनेको ‘हेराउने’ नै हो । ज्वरो आयो, गाई÷भैसी बिरामी भएपनि जान्नेलाई बोलाएर ‘फुकाउने’ चलन थियो । शहरमै पनि कतिपय माताले महंगो शुल्क लिन्छन् र सेवाग्राहीको लामो लाईन देखिन्छ । ‘हिलिङ’ गर्ने यो आ–आफ्नै तरिका हो । पानी मन्तरेर खान दिने, खरानी फुकिदिने, चामल हेराएर दिने, पूजा गराउन लगाउने आदि चलन छ । त्यतिबेला एलोप्याथिक उपचार पद्दति थिएन, दक्ष स्वास्थ्यकर्मी पनि नभएकाले यो नै विकल्प थियो । यो मनोवैज्ञानिक रुपमा उपचार गर्ने उपाय जस्तो देखिन्थ्यो । कतिपय साना समस्या यस विधिबाट समाधान हुन्थे र मानिसले यस्ता पद्धतिमा झनै विश्वास गर्न थाले ।

धामीहरुले हल्लेर, कुटेर, पन्यूले हिर्काएर पनि उपचार गर्ने चलन छ । उनीहरुले आफ्नो देउता बोलाएर बोक्सी निको पार्छु भन्छन् । उनीहरुले कमजोर बिरामीको शरीरका विभिन्न भागमा तातो पन्यूँले हिर्काउछन् । पानीमा डुबाउने, लुछ्ने आदि पनि गर्छन् । कतिपयले उपचारकै क्रममा बोक्सी भनेर नाम किटेर उनीहरुलाई कल्पनै गर्न नसकिने खालको दुव्र्यवहार गर्छन् । यस्ता कुरितीलाई जतिसक्दो हटाउनुपर्छ र यस्ता अमानवीय व्यवहार गर्ने झाँक्रीलाई कानूनी कारवाही गर्नुपर्छ । उपचारका क्रममा यस्तो यातना पाउनेमा महिलाहरु नै बढी छन् । पुरुषहरु त्यति पर्दैनन् ।

रातीको समयमा भूतप्रेत, किचकन्नी आदि देखिएको, डराउन दिएको भन्ने चलन नेपाली समाजमा छ । हाम्रा हिन्दु धर्मग्रन्थहरुले पनि यिनीहरुको अस्तित्व स्वीकारेको छ । परम्पराअनुसार भुतप्रेत हुन्छन् भनेपनि मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकारेको छैन । दिवंगत आत्माहरु हाम्रो वरपर डुलिरहेको भन्ने मान्यता राखिन्छ । हाम्रो संस्कारदेखि नै यी कुरा हाम्रो मनसपटलमा ज्यादा बसिरहेका हुन्छन् । कतिपयले विश्वास नै गर्दिन भनेपनि कता कता उनीहरुको मनको कुनामा भूतप्रेत आदि रहेकै हुन्छ । तर यथार्थमा मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकार गर्दैन । कतिपय आध्यात्मिक चिन्तकहरुले त प्रेतात्माको अस्तित्व स्वीकार गरेपनि तिनीहरुले मानव तथा समस्त प्राणीजगतलाई कुनै हानी नगर्ने दृष्टान्त दिएका छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जब हामी निकै डराएका हुन्छौं, तब विभिन्न शंका खेलेर झनै त्रासको वातावरण हुन्छ । हामी दिनको तुलनामा राती बढी डराउने भएकाले अनेकन शंका गरेर अनेक कल्पना गर्न थाल्छौं । हामीले जे कल्पना ग¥यो, दिमागमा त्यो तत्काल देखापर्छ । त्यसैले भूतको शंका हुनासाथ हाम्रो मानसपटलमा रहेको भूतको आकृति देखा पर्छ । फेरि हाम्रो पुख्र्यौली संस्कारले भूतको अस्थित्व र स्वरुप सिकाएकै छ । त्यही डरका कारण हामीले राती हिड्दा, कतै देख्दा यस्ता अस्तित्व देखें भनेर मानिसहरु अरुलाई भन्दै हिड्छन् । र अरुले पत्याइदिन्छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्