• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टाउको किन दुख्छ?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ००:५९
1140x725

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ । बेहोस हुनका पनि विभिन्न कारण हुन्छन् । कतिपय सामान्य बेहोसी हुन्छन् । तर, कतिपय अवस्थामा टाउको दुखाइको असरले बेहोस हुने पनि हुन्छन् । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारेरोगमा पनि टाउको दुखाइ हुन्छ । छारेरोगको उपचारपछि टाउको दुखाइ पनि ठिक हुन्छ ।

नशाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नशा सम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ । टाउको दुखाइका विभिन्न कारणमध्ये सबैभन्दा बढी देखिने कारण चाहिँ तनाव हो । तनावका कारण हुने टाउको दुखाइ खासगरी मानसिक तथा शारीरिक धपेडीले हुन्छ । हरेक मानिसका आफ्ना समस्याअनुसारको तनाव हुन्छ । तनावको उपचार दुई तरिकाको गर्न सकिन्छ । एक, बिरामी आफैँले र अर्को चिकित्सकीय । बिरामीले आफैँ प्रयास नगरेसम्म चिकित्सकको एकल प्रयासले तनाव ठिक हुँदैन । तनाव हुने व्यक्तिले सर्वप्रथम तनाव कम गर्नुपर्छ । तनाव बढी भए शरीरलाई पनि असर गर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

टाउको दुखाइको अर्को कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नशाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाइ सुरु भएर घन्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ । र, दुखाइ विस्तारै कम हुँदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ । हर्मोनको मात्रा पुरुषमा भन्दा महिलामा बढी असन्तुलित हुने हुँदा महिलामा माइग्रेन धेरै देखिएको हो । १०–१२ वर्षपछि महिलामा शारीरिक परिवर्तन सुरु हुन्छ, त्यसपछि महिनावारी हुन्छ । महिनावारी र गर्भवतीको समयमा हर्मोन परिवर्तन हुन्छ । त्यसैगरी, बच्चा जन्मिएपछि पनि हर्मोन परिवर्तन हुन्छ । यसै क्रममा ४०–४५ वर्षपछि महिनावारी सुक्ने समयमा पनि हर्मोन परिवर्तन हुन्छ । हर्मोन परिवर्तन भइरहने हुनाले महिलामा माइग्रेन बढी देखिएको हो । प्रायः माइग्रेनका बिरामीले एक महिना औषधी सेवन गरेपछि ठिक भएको महसुस गर्छन् र औषधि बन्द गर्छन् । यसले टाउको दुखाइ बल्झिन सक्छ । त्यसैले नियमित औषधि सेवन माइग्रेनबाट बच्ने एकमात्र उपाय हो।

कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारण पनि टाउको सामान्य दुख्ने गर्छ । यस्तो दुखाइ साधारण र खतरा नभएकाले सामान्य उपचारपछि ठिक हुन्छ । यी बाहेक शरीरको अन्य कुनै भागको असरका कारण पनि टाउको दुख्न सक्छ, जसलाई सेकेन्डरी टाउको दुखाइ भनिन्छ । जुनै कारणले पनि टाउको दुखेको हुन सक्छ । तर, समस्या बल्झिँदै गएपछि त्यसले जटिलता थप्नेबाहेक केही गर्दैन । सामान्य उपचारपछि टाउको दुखाइ कम भएन भने चिकित्सकको सल्लाह लिनु नै उचित हो । त्यसैले टाउको दुखाइको क्रम दोहोरिने वा बढ्ने भयो भने तत्काल चिकित्सकको सल्लाह लिएर निदानतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

- डा. प्रवीन श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह पूर्वराजा ज्ञानेन्द्र शाहले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनाका लागि बाह्य सहयोग लिँदा सचेत रह... शुक्रबार, असोज ३०, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्