काठमाडौं- संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा अध्यक्षमा निर्वरोध निर्वाचित भएका नेकपा एमालेका सांसद गणेश तिमल्सिनाले सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले तिमल्सिनालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।
गत फागुन २८ मा तिमिल्सिनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र सुमनराज प्याकुरेल थिए भने सर्मथकमा माओवादी केन्द्रका दिनानाथ शर्मा थिए।
पर्वतका तिमल्सिना एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन्। एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।