काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीश बनेका छन्।
कार्यभार सम्हाल्दै उनले बिहीबारका लागि मुद्दाको पेशी पनि तोकेका छन्। कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्।
बुधबार बिदामा रहेकासहित सबै १६ जना न्यायाधीशलाई नै पेशी तोकिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसँग विवाद भएपछि बुधबार आठ न्यायाधीशले पाँच दिन बिदा बस्ने निवेदन दिएका थिए।
न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र थमाएपछि अन्यौल रहिरहँदा जोशीले कायम मुकायमको जिम्मेवारी सम्हाल्दै पेशी तोकेका हुन्।
न्याय परिषद्कै पत्रका आधारमा सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।