काठमाडौं- नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार पदभार ग्रहण गर्ने क्रममा भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै देश नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गरिन्।
विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्य अनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको पनि उनले सराहना गरिन्।
राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त स्नेह तथा कार्यसम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम सञ्चारजगत्बाट प्राप्त स्वतःस्फूर्त सहयोग र सद्भावका लागि धन्यवाद दिइन्।
राष्ट्रपति भण्डारीले बुधबारै प्रधानन्यायाधीशबाट सपथ लिएकी थिइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।