• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानन्यायाधीश पराजुलीको उमेर विवादमा न्याय परिषद्ले किन गर्‍यो ३ थरि निर्णय?

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  १५:३५
1140x725

काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा न्याय परिषद्‌ले पदवहाली भएको १० महिनापछि निर्णय गर्दै गत साउन २१ पछिको अवधि अवैधानिक भएको भनेको छ। 
न्याय परिषद्‌का सचिव नृपध्वज निरौलाले बुधबार न्यायाधीश पराजुलीको अवकास उमेर ६५ वर्ष साउन २१ मै पूरा भएको भन्दै 'हाल पदमा कायम नरहेको' जानकारी न्याय परिषद्‌का अन्य सदस्य, राष्ट्रपति लगायतलाई गराएको छ। 

परिषद्‌ले यसरी निर्णय गर्ने आधार परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले लेखेको पत्रलाई मानेको छ। सानोठिमीले बुधबार नै परिषद्‌लाई लेखेको पत्रमा पराजुलीको उमेर २०११ वैशाख १३ लाई उल्लेख गरिएको छ। 

२०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्ज, चितवन केन्द्रबाट प्रवेशिका परिक्षा दिएको मूल प्रमाणपत्रमा यस्तो मिति रहेको पनिकाले उल्लेख गरेको छ। पनिकाको पत्र अनुसार पराजुलीको जन्ममिति नयाँ देखिएको छ। उक्त मिति अनुसार हेर्दा हाल उनी ६३ वर्षका हुन्छन्। यसअघि परिषद्‌ले नै दोस्रो पटक प्रधानन्यायाधीश पराजुलीको जन्म मिति २०१० वैशाख १६ कायम गरेको थियो। तर पहिलो पटक पूर्व प्रधानन्यायाधीश शुशीला कार्की अध्यक्ष भएको बेला न्याय परिषद्‌ले पराजुलीको उमेर २००९ साउन २१ लाई कायम गरिदिएको थियो। 

किन यस्तो पत्र लेख्यो परिषद्‌ले?

पराजुलीको उमेर तीन थरि देखिएपछि न्याय परिषद्‌का सचिव निरौलाले ऐनको दफा ३१ को उपदफा ७ बमोजिम निर्णय गर्योे। परिषद्‌को ऐन ३१ को उपदफा ७ मा न्यायाधीशको उमेर सम्बन्धी निर्णय गर्ने व्यवस्था छ। 

परिषद्‌ले दफा ३१ को उपदफा ७ को (६) मा उल्लेख भएको व्यवस्थालाई आधार मानेर पराजुलीले साउनमै अवकाश पाएको पत्र लेखेको देखिन्छ। उक्त दफामा छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिको अन्तर १ वर्षभन्दा बढी देखिएमा वर्ष मात्र उल्लेख भएको आधारमा दफा ३१ को उपदफा ३ बमोजिम जन्म मिति कायम गरिने उल्लेख छ। 

दफा ३१ को उपदफा ३ मा अवकाश सम्बन्धी जानकारी गराउने प्रयोजनका लागि न्याय परिषद्‌ले न्यायाधीशको उमेर गणना गर्दा जुन उमेरले पहिला अवकाश पाउने हुन्छ सोही गणना हुने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही उपदफाको (क) मा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर कायम हुने उल्लेख छ। यसको आधारमा हेर्ने हो भने पराजुलीको उमेर २०११ वैशाख १३ हुनुपर्ने देखिन्छ। पनिकाले पनि सोही जन्ममितिलाई कायम गरेर न्याय परिषद्‌मा पत्र पठाएको हो।

उक्त दफाको (ख) ले भने नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म मिति वा वर्षबाट हुन आउने उमेरलाई गणना गर्ने उल्लेख गरेको छ। यसका आधारमा पराजुलीको जन्म मिति २००९ साउन २१ नै हुन आउँछ।

पराजुलीले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०३० साउन २१ मा नागरिकता लिएका थिए। नागरिकताको प्रमाणपत्रमा ‘२१ वर्ष पुगेको’ उल्लेख छ। पराजुलीले नागरिकता लिँदा २१ वर्ष पुगेको भन्नुको अर्थ उनको जन्म २००९ साउन २१ भएको व्याख्या परिषद्‌ले गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकरणको शुरुवात

प्रधानन्यायाधीश पराजुलीको उमेर विवाद सञ्चार माध्यमले विगत केही वर्षदेखि उठाएका थिए। तर, उक्त विषयले अदालत र न्याय परिषद्‌मा प्रवेश पाएको थिएन। तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीले अवकाश पाउने समयमा मात्र पराजुलीको जन्म मिति विवाद न्याय परिषद्‌मा पुगेको थियो। कार्कीले अवकाश पाउनुभन्दा केही समय पहिले पराजुलीले नै 'आफ्नो प्रस्ट उमेर खुलेको नागरिकता अनुसार उमेर कायम गर्न' परिषद्‌मा निवेदन दिएसँगै जन्म मितिको विवाद सुरु भयो। 

२०७३ पुस १ मा परिषद्‌बाट कार्कीले उनको उमेर २००९ साउन २१ कायम गरिदिएकी थिइन्। जबकि पराजुलीले जन्म मिति प्रस्ट खुल्ने भनी २०१० साल वैशाख १६ को जन्म मिति उल्लेख भएको नागरिकताको प्रतिलिपि पेश गरेका थिए। तर, न्याय परिषद्‌ले प्रतिलिपि नागरिकता अनुसार सच्याउन नमिल्ने भन्दै पराजुलीको उमेर २००९ साल नै कायम गरिदिएको थियो। 

कार्कीले अवकाश पाए लगत्तै पराजुलीको जन्म मिति कायम गर्ने विषयले न्याय परिषद्‌मा पुनः स्थान पायो। किनभने, कार्कीको अवसकासँगै पराजुली कायममुकायम प्रधानन्यायाधीशसँगै न्याय परिषद्‌को अध्यक्षको भूमिकामा पुगेका थिए। आफू कामयमुकायम प्रधानन्यायाधीश हुदाँ उनले परिषद्‌बाट आफ्नो जन्म मिति नागरिकताको प्रतिलिपि अनुसार २०१० वैशाख १६ कायम गराएका थिए। सोही मिति अनुसार उनले प्रधानन्यायाधीशको जिम्मेवारी पनि सम्हाले र वैशाख १६ सम्म पदावधि कायम रहेको थियो। 

पराजुलीको जन्म मितिको विवाद डा गोविन्द केसीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दासँगै फेरि उठ्यो। पुस २४ मा डा केसीले प्रधानन्यायाधीश विरुद्ध अनसन थालेपछि उनलाई सोही दिन अवहेलना मुद्दामा पक्राउ गरिएको थियो। केसीलाई पुस २६ मा अदालतको संयुक्त इजलासमा पेस गरिँदा डा केसीले प्रधानन्यायाधीशको जन्म मितिको विवाद उठाएका थिए। त्यसपछि न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता पनि झिकाउने आदेश दिएको थियो। 

उक्त आदेशपछि डा केसी साधारण तारखेमा रिहा भएका थिए। लगत्तै डा केसीले जिल्ला प्रशासन कार्यालय तनहुँ, काठमाडौं र न्याय परिषद्‌मा पराजुलीको शैक्षिक प्रमाणपत्र माग्दै सूचनाको हक सम्बन्धी निवेदन दर्ता गराएका थिए। डा केसीले प्रधानन्यायाधीश पराजुलीको सचिवालयमा समेत निवेदन दर्ता गराएका थिए। 

उक्त निवेदनका आधारमा न्याय परिषद्‌ले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीलाई पत्र लेख्यो। पराजुलीको 'सक्कली शैक्षिक प्रमाणपत्र उपलब्ध गराई दिनू' भनी न्याय परिषद्‌ले मंगलबार परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीलाई पत्र लेखेको थियो।

पनिकाले न्याय परिषद्‌को पत्रको बुधबार जवाफ लेख्दै पराजुलीको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको भन्दै नयाँ जन्म मिति २०११ वैशाख १३ उल्लेख गरेर पत्र पठाएको थियो। सोही पत्रमा उल्लेख भएको जन्म मितिलाई आधार मान्दै न्याय परिषद्‌का सचिव नृपध्वज निरौलाले परिषद्को ऐनको दफा ३१ को उपदफा ७ बमोजिम प्रधानन्यायाधीश पराजुलीले पहिला अवकास पाउने उमेर कायम हुने व्यवस्था अनुसार साउन २१ मै अवकास पाएको र हाल पदमा नरहेको भनी पत्र पठाएको हो।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्