सान डियागो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल गठन गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले बताए।
उनले सान डियागोको एक म्यारिन क्रप्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई सम्बोधनका क्रममा सो प्रस्ताव अगाडि सारेका हुन्। ‘अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिनजस्तै। हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ’ उनले भने।
उनले अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्ने तर्क गरे। ‘अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ’, उनले भने। ट्रम्पले भने,‘मैले अमेरिकामा राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकास गर्ने छु।’ रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।