काठमाडौं- न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीको साउन २१ पछिको पदावधि अवैध भएको ठहर गरेको छ। न्याय परिषद ऐन २०७३ को दफा ३१ अनुसार न्यायपरिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको जानकारी गराएको हो। न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट आजै आएको पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको जनाउँदै पदमा नरहेको पत्र पठाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।