• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रुघा–खोकी लाग्दा कस्ताे अवस्थामा उपचार गर्न जाने ?

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  १४:४५
1140x725

राइनो भाइरस नामक जीवाणूद्वारा श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा संक्रमण भएर रुघा लाग्छ। साना नानीहरुलाई एकपटक रुघा लाग्दा १० देखि १५ दिनसम्म रुघाको लक्षण देखिन्छ। सयभन्दा बढी जातका यी जीवाणूले संक्रमण गर्न सक्ने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता थोरै समयका लागि मात्र रहने भएकाले बालबालिकालाई रुघाले छिटोछिटो सताएको वा निको नभएको जस्तो देखिन्छ। सयौं थरिका जीवाणूले रुघा लगाउने भएकाले रुघा विरुद्ध प्रभावकारी खोप बनाउन पनि सम्भव छैन।

रुघाका लक्षण

  • सुरुका दुई–तीन दिन घाँटी दुख्छ र निको हुन्छ।
  • त्यसपछि नाकबाट सिँगान बग्न सुरु हुन्छ।
  • नाक बन्द भएर घ्यार्घ्यार् हुनुका साथै सास फेर्न गाह्रो हुन्छ।
  • नाक बन्द भएपछि मुखबाट सास फेर्नुपर्ने हुनाले बच्चाहरुले दूध खान गाह्रो मान्छन्।
  • बच्चाहरु निस्सासिने र झिँझो मान्न थाल्छन्।
  • सुरुमा पानी जस्तो सिँगान आउँछ र केही दिनपछि बाक्लो हुँदै जान्छ।
  • सय डिग्रीको हाराहारीमा ज्वरो आइरहे पनि बिहान, दिउँसो हावामा ज्वरो कम हुन्छ।
  • सुतेको बेला ज्वरो बढे जस्तो हुन्छ।
  • रुघा लागेको चार–पाँच दिनपछि खोकी सुरु हुन्छ।
  • राति जाडोमा नाक बन्द हुने र खोकी पनि बढ्छ।
  • धेरै खोक्दा साना नानीहरुलाई बान्ता आउँछ।
  • रुघाखोकी जटिल भएमा कान दुख्ने र पाक्ने, टाउको दुख्ने र निमोनिया हुनसक्छ।
  • किशोर किशोरीलाई पिनास हुने सम्भावना हुन्छ।
  • लामो समय धेरै ज्वरो आएमा वा कडा लक्षण देखिएमा यो रोग फ्लू वा ब्याक्टेरियाको संक्रमण हुन सक्छ।

के रुघा र फ्लू एउटै हो ?

रुघा र फ्लू एउटै होइन। फ्लू इन्फ्लुइन्जा भाइरसबाट हुने श्वासप्रश्वास प्रणालीको संक्रमण हो। फ्लूका लक्षण रुघाकै जस्तै देखिए पनि रुघाका भन्दा कडा हुन्छन्। यसले ज्यानै पनि लिन सक्छ। हनहनी ज्वरो आउनुका साथै जिउ दुख्ने र टाउको दुख्ने भएकाले बच्चाहरु सुस्त र सिकिस्त देखिन्छन्। घाँटी दुख्ने हुनाले खाना खान र दूध पिउन गाह्रो हुन्छ। बच्चाहरुमा जलवियोजनका लक्षणहरु देखिन थाल्दछ। फ्लूमा नाक टालिने, सिँगान बग्ने लक्षण कम देखिए पनि खोकी बढी मात्रामा लाग्छ। निमोनियाको लक्षणहरु देखिन सक्छ। स्वाइन फ्लू र बर्ड फ्लूजस्ता रोगहरु लागेमा माथि भनिएका लक्षणहरुसँगै बान्ता हुने र पातलो दिसा आउने हुन सक्छ। 

रुघा र फ्लूको घरेलु उपचार

रुघाको निश्चित उपचार छैन। शरीर आफैँले जीवाणूलाई नियन्त्रणमा लिएपछि यो रोग बिसेक हुन्छ। त्यसर्थ शरीरले रोगसँग लड्न सहयोग पुग्ने उपाय अपनाउँदा रुघा लागेका बच्चाहरुलाई सजिलो हुन्छ।

फ्लूका लागि ओसिल्टामिभिर र जानामिभिर जस्ता औषधिहरु प्रचलित छन्। यसको प्रयोग सुरुवाती चरणमै गर्दा प्रभावकारी साबित भएका छन्। नेपालमा रुघा, खोकीका लागि भनेर औषधि पसलमा किन्न मिल्ने प्रसस्त औषधि पाइन्छ। तर, यस्ता औषधिहरु प्रभावकारी हुँदैनन् र साना नानीहरुका लागि हानीकारक हुन सक्छ। यस्ता औषधि पाँच वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न नहुने विश्वव्यापी मान्यता छ।

रुघा–खोकी र फ्लू नियन्त्रणका लागि निम्न उपाय अपनाउनुहोस्ः

Ncell 2
Ncell 2
nimb
nimb

आरामः रुघा–खोकी लाग्दा बच्चाहरुले कमजोरी महसुस गर्छन्। यो बेला आराम गर्नु प्रभावकारी र आवश्यक उपाय मानिन्छ। थप एउटा तकिया राखी टाउको थोरै उठाएर बालबालिकालाई सुताउँदा सिँगान बाहिर निस्की सास फेर्न सजिलो हुन्छ।

कोठा खुल्ला र न्यानोः खुला कोठामा बच्चाहरुलाई राख्दा सास फेर्न सजिलो हुन्छ। कोठा खुला हुनुका साथै न्यायो पनि हुनुपर्छ। बच्चाहरुलाई धुलो र धुवाँबाट भने जोगाउनु पर्छ।

ज्वरोको उपचारः तीन महिनाभन्दा कम उमेरका नानीहरुलाई ज्वरो आउनु खतरा भएकाले तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ। ठूला बच्चाहरुलाई पारासिटामोल नामक झोल औषधि प्रत्येक चारदेखि ६ घण्टामा दिन सकिन्छ। मनतातो पानीपट्टि शरीरमा लगाउने र लुगा खुकुलो लगाइदिँदा पनि ज्वारे घट्न सक्छ। ज्वरो दुई दिनमा कम नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ। ज्वरो नापेर यसको रेर्कड राख्दा रोगको प्रकृतिबारे जान्न सकिन्छ। ज्वरो आए पनि, नआए पनि दिनमा चार पटक तापक्रम जाँच्नु राम्रो हो। 

प्रसस्त झोल पदार्थ खुवाउनेः मनतातो पानी, आमाको दूध, सुप, दालको रसजस्ता झोलिलो पदार्थले तागत दिने मात्र नभई सास फेर्न र खोकीका लागि पनि लाभदायक हुन्छ। झोल पदार्थ धेरै खुवाउँदा पिसाव प्रसस्त आई ज्वरो पनि कम हुन्छ। मन तातो, नरम र झोलिलो खाना थोरैथोरै गरेर धेरै पटक दिनाले बिरामीलाई आहार पुग्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खोकीको उपचारः बजारमा पाइने खोकी निको पार्ने औषधि त्यति प्रभावकारी हुँदैनन्। यसले ससाना नानीहरुलाई प्रतिकूल प्रभाव पार्न सक्छ। दिनमा दुई पटक शुद्ध मह खुवाउँदा खोकी केही कम हुन्छ। दुईदेखि पाँच वर्षसम्मका नानीहरुका लागि आधा चम्चा, ६ देखि १२ वर्षसम्मका लागि एक चम्चा र ठूला बच्चाका लागि दुई चम्चाको दरले मह खुवाउनुपर्छ। शिशुहरुलाई भने मह दिनु हुँदैन।

नुन–पानीः केही थोपा नुनपानी नाकमा हालेर सफा गरिदिँदा रुघा लागेका बच्चाले धेरै आराम अनुभव गर्दछन्। खाना र दूध सजिलै खान्छन् भने घ्यारघ्यार पनि कम हुन्छ। नुनपानीले नाकको भित्री भागसम्म सिँगान जम्न दिँदैन र जमेको फोहोरलाई सफा गर्न सहयोग पुर्याउँछ। नाक सफा गर्न कपास वा नरम कपडालाई बत्ती जस्तो बनाई प्रयोग गर्न सकिन्छ। नाकको नली सुन्निएको छ भने नुनपानीले कम गर्छ र सिँगान बग्न पनि सजिलो बनाउँछ। मनतातो नुनपानी पिउन दिँदा बच्चाको घाँटी दुखाइमा राहत पुग्छ।

सरसफाइः फोहर लुगा, रुमाल र टिस्यु पेपरलाई सही तरिकाले व्यवस्थापन गर्दा अरुलाई रुघा–खोकी सर्दैन। बच्चालाई सफा लुगा लगाइदिनुका साथै, कोठालाई पनि धुलो–धुँवाबाट मुक्त गरेर सफा राख्नु पर्दछ।

चिकित्सकलाई कहिले भेट्ने ?

रुघा–खोकी लामो समय निको भएन, ज्वरो कम भएन भने बाहिर आफैँले औषधि किनेर खुवाउनु भन्दा चिकित्सकको सल्लाह लिनु बच्चाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। निम्नअवस्थामा चिकित्सकलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ।

क) धेरै ज्वरो (१०३ डिग्री वा बढी) आएमा र सिटामोलको सही मात्राले १ – २ घण्टाभन्दा बढी समय ज्वरो कम नभएमा।

ख) नाक सफा राख्दा पनि छिटोछिटो सास फेरेमा र घ्यारघ्यार गरेमा। दुई महिना मुनिका शिशुहरुले एक मिनेटमा ६० भन्दा बढी, एक वर्षसम्मका नानीहरुले ५० भन्दा बढी र पाँच वर्ष मुनिकाले ४० भन्दा बढी पल्ट सास फेरेमा यस्तो अवस्थालाई अधिक सासदर भनिन्छ। यो निमोनियाको लक्षण हुन सक्छ।

ग) दूध वा खानेकुरा पटक्कै नखाएमा र धेरै सुस्त भएमा। यस्तो बेलामा बच्चाहरु धेरै रुने वा धेरै सुत्ने हुन सक्छ।

घ) धेरै ज्वरो आएमा पाँच वर्ष मुनिका बच्चाहरु बेहोस हुन सक्छन्। हात खुट्टा झट्कारेर काम्न सक्छन्। त्यस्तो हुँदा नआत्तिई बच्चालाई खाटमा एकातिर कोल्टो फेराई सुताउनुपर्छ। मुखमा केही हाल्न नदिई कम्पन नरोकुन्जेलसम्म कुर्नुपर्दछ। सामान्यतया पाँच मिनेटभन्दा बढी समयसम्म कम्पन नरहने र बेहोस नहुने हुनाले त्यति समयसम्म धैर्य गर्नुपर्छ। लामो समयसम्म अचेत रहेमा बच्चालाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लानुपर्छ।

ङ) जटिल रुघा र फ्लूमा बच्चाहरुको कान पाक्ने, घाँटी दुखेर निल्न गाह्रो हुने र सास फेर्न गाह्रो हुने समस्या आउँछ। यस्तो भएमा चिकित्सकसँग भेट्नु पर्दछ।

रुघा–खोकी र फ्लू सामान्यतया जटिल अवस्थामा नपुग्दै निको हुन सक्छ। हतारिएर एन्टिबायोटिक जस्ता कडा औषधिको प्रयोग आवश्यक हुँदैन। त्यसै कारण रुघाको एउटै मात्र उपचार धैर्यपूर्वक स्याहारसुसार गर्नु हो। फ्लूका लागि भने चिकित्सकहरुको सल्लाह बमोजिम एन्टिभाइरल औषधिहरु प्रयोग गर्न सकिन्छ। फ्लूका विरुद्ध प्रत्येक वर्ष लगाउनुपर्ने खोप उपलब्ध छ, जसले स्वाइन फ्लू र बर्ड फ्लूबाट पनि जोगिन मद्दत गर्छ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्