• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हर्मोन गडबडीले हुने यस्ता ११ रोग, निःसन्तानदेखि धेरैं रौं उम्रनेसम्म

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  ००:५९
1140x725

मधुमेह

इन्सुलिन भन्ने हार्मोन गडबडीका कारण मधुमेह लाग्छ । मानिसको पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ।

थाइराइड

   थाइराइड ग्रन्थी घाँटीमा रुद्रघण्टीको तल हुन्छ । यस ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्छ । यो हार्मोनले शरीरको मेटावोलिजमलाई नियन्त्रणमा राख्ने काम गर्दछ । थाइराइड हार्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराइड भनिन्छ भने कम उत्पादन भयो भने हाइपोथाइराइड हुन्छ।

   हाइपर र हाइपो थाइराइडको लक्षण पनि फरक–फरक हुन्छ । हाइपर थाइराइडमा व्यक्ति दुब्लाउदै जाने, गर्मी धेरै हुने, पसिना धेरै आउने, मुटु धेरै धकधक हुने, दिसा धेरैपटक लाग्ने, हातखुट्टा काम्ने, सास फुल्ने, निद्रा नलाग्ने, गलगाँड निस्कने, आँखा ठुलो हुँदै जाने, महिनावारी गडबड हुने, निसन्तान हुन जस्ता लक्षण देखा पर्छन्।  

   त्यसैगरी हाइपो थाइराइडमा मोटाउदै जाने, जाडो धेरै हुने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने, कपाल झर्ने, निद्रा धेरै लाग्ने, कब्जियत हुने, महिनावारी गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । धेरै व्यक्तिमा टन्सिल बढ्ने र दुख्ने गरेको पाइन्छ।

 महिनावारीमा गडबडी र निःसन्तान

  महिनावारी गराउने हार्मोनलाई सेक्स हार्मोन भनिन्छ । यो हार्मोन २ किसिमका हुन्छन् । एउटा दिमागको तल रहेको पिट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच, एफएसएच र प्रोल्याक्टिन भन्ने हार्मोन हुन्छ भने दोस्रो डिम्बबाट निस्कने हार्मोन एस्ट्रोजन र प्रोजेस्टेरोन भन्ने हुन्छ । यी दुवैको कम्बिनेसनबाट महिनावारी हुनेगर्छ । यीमध्ये कुनै पनि हार्मोनमा गडबडी भएमा महिनावारीमा समस्या उत्पन्न हुन्छ ।१६ वर्षभित्र हुनुपर्ने महिनावारी कसै–कसैलाई २० वर्षसम्म पनि नहुने हुन्छ । महिनावारी भएपनि समयमा नहुनुको साथै रक्तश्राव धेरै हुने हुन्छ । पिट्ट्युरी ग्रन्थीका कारण महिनावारी गडबड हुनुलाई सेकेन्डरी हाइपोगोनाडीजम भनिन्छ । त्यसैगरी डिम्बमै समस्या भएर महिनावारी गडबड हुनुलाई प्राइमरी हाइपोगोनाडीजम भनिन्छ । सेक्स हार्मोनको उत्पादन राम्रोसँग हुन नसकेमा महिनावारीमा गडबडीका साथै निसन्तानको समस्या धेरै हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

   महिलाको शरीरमा धेरैं रौं उम्रने

   हार्मोनकै कारण महिलामा चाहिनेभन्दा धेरै रौं निस्कने हुन्छ । पुरूषमा जस्तै दाह्रीजुँगा आउने, छाति तथा यौनाङ्गलगायत शरीरका धेरै स्थानमा रौं आउने हुन्छ । टेस्टोस्टेरोन हार्मोनको उत्पादन धेरै भयो भने महिलामा यस्तो समस्या देखिन्छ । पोलिसिस्टिक सिन्ड्रोममा कारण पनि यस्तो हुनसक्छ । डिम्बाशयमा कुनै ट्युमरका कारण पनि कहिलेकाहीँ महिलाको शरीरमा धेरै रौं उम्रने हुनसक्छ । पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामक अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौं आउने हुन्छ । यसको उपचार २ किसिमले गर्न सकिन्छ । एउटा हार्मोनल उपचार र दोस्रो लेजर उपचार गर्नुपर्छ । यसका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिद्वारा उपचार सँगसँगै हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । यसमा हार्मोनको असर देखिन ५/६ महिना लाग्छ।

  स्तनबाट दुध चुहिने

प्रोल्याक्टिन भन्ने हार्मोनको मात्रा बढ्न गएमा स्तनबाट दुध चुहिने हुन्छ । प्रोल्याक्टिन हार्मोन पिटुट्युरी ग्रन्थीका कारण बढ्ने हुन्छ । पिटुट्युरी ग्रन्थीमा ट्युमर पलायो भने वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढ्न जान्छ । साथै औषधिको कारण पनि यो हार्मोन बढ्ने हुन्छ । कसै–कसैलाई थाइराइडका कारण हुने संभावना हुन्छ । गर्भवति भैसकेको समयमा दुध चुहिनु सामान्य हो । तर अविवाहित युवती, गर्भवति हुनुपूर्व वा सामान्य अवस्थामा पोल्याट्रिन हार्मोनका कारण दुध चुहिने हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुरुषमा स्तन बढ्ने

    पुरूषको स्तन बढ्नुलाई गाइनेकोमास्टिया भनिन्छ । यसका धेरै कारणमध्ये एक हार्मोनको गडबडी पनि हो ।सेक्स हार्मोनको कमी भयो भने पुरुषको स्तन बढ्ने हुन्छ । यसको उपचार ३ किसिमले गर्न सकिन्छ । पहिलो कुरा जीवनशैलीमा परिवर्तन गर्न जरूरी हुन्छ । खानपिन र व्यायामको माध्यमबाट मोटोपन घटाउनु पर्छ । स्तन टेस्टोस्टेरोन हार्मोनको कमीले गर्दा बढ्ने भएकाले हार्मोनको उपचार गर्नुपर्छ । हार्मोनको कारणले होइन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । महिलामा मात्र होइन स्तन बढ्ने समस्याका कारण पुरूषमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ।

   पुड्को हुने वा धेरै अग्लो हुने

जन्मेदेखि १८ वर्षमा जुन किसिमको उचाइ बढ्नुपर्ने हो त्यसमा सबभन्दा ठुलो भुमिका ग्रोथ हार्मोनको हुन्छ । जुन, पिटुट्युरी ग्रन्थीबाट निस्कन्छ । पिटुट्युरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भनिन्छ । यसले शरीरलाई आवश्यक पर्ने धेरै हार्मोन उत्पादन गर्छ । पिट्ट्युरी ग्रन्थीमा कुनै कारण रोग लाग्यो भने ग्रोथ हार्मोनको कमी हुन्छ । जसबाट उचाई बढ्दैन । ग्रोथ हार्मोनको कमी भयो भने यसको इन्जेक्सन लगाएमा हार्मोनको उत्पादन हुन्छ । तर यो हार्मोनको इन्जेक्सन महंगो हुन्छ । बच्चा अवस्थामै थाइराइड भएमा वा राम्रोसँग उपचार नभएमा पनि उचाई बढ्न सक्दैन । त्यसैगरी पिटुट्युरी ग्रन्थीबाट हार्मोनको उत्पादन बढी भयो भने मानिसको उचाई बढी हुन्छ । बच्चा अवस्थामै उपचार गर्न सकेमा उचाई सामान्य हुनसक्छ । तर ढिला थाहा भयो भने यसलाई नियन्त्रण गर्न सकिदैन । तर ग्रोथ हार्मोन बढी भएर हुने अन्य असरलाई कम गर्न सकिन्छ।

     यौन इच्छामा कमी आउने वा सम्भोग गर्न गाह्रो हुने

   पिटुट्युरी ग्रन्थीबाट निस्कने हार्मोन एलएच,  एफ एस एच र प्रोल्याक्टिनमा समस्या देखियो भने यौन इच्छामा कमी आउने हुन्छ । यसका साथै यौनसम्पर्क गर्न गाह्रो हुने, लिङ्ग कडा नहुने, वीर्य ननिस्कने, वीर्यमा शुक्रकिटको कमी हुने, दाह्रीजुँगा नआउनेजस्ता समस्या देखा पर्छन् । यौन अवस्था १२/१३ वर्षमा सुरु हुनुपर्नेमा हार्मोनको कमीले यौन अवस्था नै नहुने हुन्छ । जसका कारण पुरुषमा पनि निसन्तानको समस्या हुनसक्छ।

    यौवन अवस्था चाँडो देखिने वा ढिलो गरी देखिने
    
 हार्मोनको गडबडीका कारण केटीहरूमा ७ वर्षभन्दा कम उमेरमै यौन अवस्थाको लक्षण देखा पर्न सक्छ । समयभन्दा पहिला नै स्तन बढ्ने, महिनावारी सुरु हुने जस्ता कारणमा सेक्स हार्मोन बढी हुनु नै हो । यसको उपचार गरिएन भने सुरुमा उचाइ बढ्ने तर पछि गएर कम हुने हुन्छ । त्यसैगरी केटाहरूमा ९ वर्षभन्दा पहिले नै अण्डकोष ठुलो हुने, लिङ्ग बढ्नेजस्ता लक्षण देखिन्छन् । यसको पनि समय मै उपचार भएन भने पुड्कोपन हुने संभावना हुन्छ।

 हड्डी बारम्बार टुट्ने तथा खिइने

हार्मोनको संबन्ध हाड्जोर्नीसँग पनि संबन्धित हुन्छ । हड्डीलाई बलियो बनाउने भनेको क्याल्सियम र फस्फोरसले हो । यिनीहरूलाई सही तरिकाले राख्न प्याराथाइराइड हार्मोनले निकाल्ने हार्मोनको भूमिका हुन्छ । यदि प्याराथाइराइड हार्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढ्ने गर्छ । जसका कारण हड्डी खिइदै जाने र सामान्य चोटपटकमा पनि भाँचिने गर्छ । भिटामिन डी हार्मोनले पनि शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा ठीक राख्छ । यदि भिटामिन डी को कमी भयो भने हड्डी दुख्ने हुन्छ । महिलामा हड्डी खिइने समस्या महिनावारी बन्द भैसकेपछि हुनेगर्छ।

मोटोपन

मोटोपनको कारण धेरै हुन्छन् । थाइराइडका कारण मानिसको मोटोपन बढ्छ । दोस्रो एड्रिनल ग्रन्थीले कटिजोल हार्मोन बढाउँदा पनि मोटोपन बढ्छ । कटिजोल हार्मोन बढी भएमा कुशिङ सिन्ड्रोम भन्ने रोग लाग्छ । जसका कारण मोटोपन हुने, बसेर उठ्न गाह्रो पर्ने, सुगर, प्रेसर बढ्नुका साथै अनुहार सुनिन्ने हुन्छ । खानपिनको गडबडी, खानामा चिल्लोको मात्रा, व्यायामको कमी जस्ता कारणले मोटापन धेरै बढ्ने हुन्छ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्