हनोई– भियतनामको राजधानी हनोइमा सन् २०१६ मा तत्कालानि अमेरिकी राष्ट्रपति बराक ओबामाले डिनर खाएको टेबल चर्चित बन्दै गएको छ। भियतनामको आधिकारिक भ्रमणका क्रममा ओबामाले एक स्ट्रेट फुड रेस्टुरेन्टमा सेफ एन्थोनी बौर्डेइनसँग बसेर चाउचाउ र बियर खाएका थिए।
सो क्रममा प्रयोग भएका प्लेट, कप, चम्चा, कुर्ची तथा टेबलसमेतलाई सिसाको फ्रेमले बारेर सुरक्षित राखिएको छ। उनीहरुले जम्मा ६ अमेरिकी डलरको मात्रै खाजा खाएका थिए।
सो रेस्टुरेन्टका मालिकले खाजा खान आएकाहरुले नै सो उपाय सुझाएका बताए। ‘धेरै ग्राहकहरु ओबामाले खाजा खाएको कुर्ची र टेबलमा खाजा खान तथा हेर्नका लागि भन्दै आउन थालेपछि यसो गरेका हौँ।’, बुन चा हुओङ लिएन रेस्टुरेन्टका एक सञ्चालक गुएन थि हाङ्ग गाले भने।
उनका अनुसार धेरै ग्राहकले सो टेबुलनजिकै बसेर फोटो पनि खिच्ने गरेका छन्। ‘हाम्रा लागि यो निकै ठूलो मेमोरी हो। जसलाई आमी सदैव जोगाइराख्नेछौँ।’, सञ्चालक हाङ्ग गाले भने,‘यो ग्राहकहरु बढाउन लगाइएको उपाय भने होइन। किनकी मलाई यो लाग्दैन कि हामी अधिक ग्राहकहरु पाउँनेछौँ।’

गत फेब्रुअरीको मध्यतिर मात्रै सो टेबललाई सुरक्षित राखिएको उनले बताए। सञ्चालक हाङ्ग गाले त्यसपछि ग्राहकहरुको संख्यामा वृद्धि भएको आफुले ख्याल नै नगरेको अनुभव सुनाए।
सो फ्रेममा अमेरिकी पूर्व राष्ट्रपति ओबामाले खाएका प्लेट, चम्चा, गिलासलगायतलाई भने सफा गरेर राखिएको छ। बियरको खाली बोतल पनि राखिएको हाङ्ग गाले जानकारी दिए।
यसअघि भियतनामका सर्वोच्च नेता हो चि मिन्हले खाना खान प्रयोगमा ल्याएका सामाग्रीहरुको फोटो तथा पोस्टर सम्मानस्वरुप भित्तामा झुन्डाउने चलन थियो।
कुनै विदेशी नेतासँग जोडिएको घटनालाई भियतनाममा यस रुपबाट सम्झिएको यो पहिलो घटना भएको बताइएको छ।
यो घटनापछि ओबामासँगै डिनर खाएका सेफ एन्थोनीले एक ट्विट गर्दै आफुले कस्तो महशुष गरिरहेको भन्ने थाहा नभएको बताएका छन्। सन् २०१६ मा सेफले इन्स्टाग्राममा राखेको ओबामासँग डिनर खाँदै गरेको फोटोमा १ लाख २० हजारभन्दा बढी लाइक तथा हजारभन्दा बढी कमेन्ट आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।