• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३ पटकको राष्ट्रपति चयनका अन्तर्कथा

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  ०१:०५
1140x725

काठमाडौं- राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। संविधान घोषणापछि ०७२ कात्तिकमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी अर्को कार्यकालका लागि निर्वाचित भएकी हुन्।

९ वर्षीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएकी छन्। संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था छ।

नेपालको पहिलो राष्ट्रपति भने रामवरण यादव हुन्। उनी ०६५ साउनदेखि ०७२ कात्तिकसम्म राष्ट्रपति बनेका थिए। पहिलो संविधानसभाको कार्यकाल सुरु भएपछि राष्ट्रपति भएका यादव दोस्रो संविधानसभाले संविधान निर्माण गरेपछि मात्रै राष्ट्रपतिबाट बाहिरिए।

राष्ट्रपति चयनका बेला राजनीतिक घटनाक्रम निकै तीव्र बन्ने गर्छ। पार्टीभित्र राष्ट्रपतिका आकांक्षीलाई व्यवस्थापन गर्नेदेखि मतदानमा समीकरण मिलाउनेसम्मका सकसमा दलहरु हुन्छन्। गठबन्धन बन्छन्, रातारात तोडिन्छन्। अनिश्चित गठबन्धनकै कारण पहिलो पटक राष्ट्रपतिको चयन गर्न दुई पटक निर्वाचन गर्नुपरेको थियो।

नेपाल लाइभले राष्ट्रपतिका लागि भएका तीनवटै निर्वाचनलाई सम्झिने प्रयास गरेको छ।

पहिलो राष्ट्रपति चयन (२०६५ साउन ६)

मुलुकले पहिलो राष्ट्रपति ०६५ साउन ६ मा पायो। तर, ६ गते चुनावबाट राष्ट्रपति चयन हुनुअघिका केही दिन नेपाली राजनीतिमा निकै रोमाञ्चक रहे। घन्टाघन्टामा परिस्थिति फेरिए। साउन ४ मै भएको राष्ट्रपतिको निर्वाचनबाट विजयी टुंगो लाग्न नसक्दा दोस्रोपटक साउन ६ मा चुनाव भएको थियो।

संविधानसभाको पहिलो चुनाव हुनुअघिसम्म माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको आश्वासन दिइरहेकै थियो। कोइराला पनि पहिलो राष्ट्रपति बन्नेमा ढुक्क जस्तै थिए। ०६४ चैत्र २८ मा शान्तिपूर्ण ढंगले चुनाव भयो। चुनावमा माओवादी पहिलो दल बनेसँगै कोइरालाका लागि राष्ट्रपतिको कुर्सी टाढा हुँदै गयो। चुनावी विजयले माओवादीमा आत्मविश्वास बढाइदिएको थियो। उसले चुनाव हारेकाहरुलाई राष्ट्रपति बनाउन नसकिने बताउन थाल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, मुख्य तीन दल माओवादी, कांग्रेस र एमालेबीच छलफल चलिरहेको थियो। कांग्रेसले कोइरालालाई र एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउन पहल गरिरहेकै थिए। माओवादीले कोइरालाई अस्वीकार गर्दै आएको थियो भने नेपाललाई आश देखाउँदै आएको थियो।

जेठ १५ मा बसेको संविधानसभाको दोस्रो बैठकले संविधानमा संशोधन गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेको थियो। तर, दलहरुबीच सहमति नजुट्दा झन्डै दुई महिनासम्म राष्ट्रपति चयन हुन सकेन। प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजीनामा दिनुपर्ने व्यवस्था गरिएपछि नयाँ सरकार गठनमा पनि ढिलाइ भयो।

असार २९ मा संविधानमा पाँचौं संशोधन गरियो र सहमति जुट्न नसके बहुमतले राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकिने व्यवस्था गरियो। त्यसपछि बल्ल प्रक्रिया अघि बढ्यो।

यसैबीच माओवादीले आफ्नो पार्टीभन्दा बाहिरबाट राष्ट्रपतिका लागि नामहरु प्रस्ताव गर्यो । सहान प्रधान, रामराजाप्रसाद सिंह, नरबहादुर कर्माचार्य, पद्मरत्न तुलाधर र देवेन्द्रराज पाण्डेका नामहरु माओवादीबाट सार्वजनिक रुपमै प्रस्तावित भए। तर त्यसले पनि मूर्तरुप पाएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

असार ३१ मा बसेको संविधानसभाको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यविधि सर्वसम्मतिले पारित गर्यो । संविधानसभाका अध्यक्ष कुलबहादुर गुरुङले संविधानसभाका कार्यबाहक महासचिव मनोहर भट्टराईलाई निर्वाचन अधिकृतसमेत तोके।

साउन १ गतेका लागि दुई थरी कार्यविधि थियो। पहिलो, मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन आदि। दोस्रो, राजनीतिक सहमतिको उम्मेदवार भएको दाबी। सहमति भएमा निर्विरोध राष्ट्रपति बन्न सकिने थियो। त्यसो भएन। प्रक्रिया अघि बढ्यो।

यसैबीच दलहरुबीच आ-आफ्नो स्वार्थअनुकूलका वार्ता चलिरहेका थिए। माओवादी-कांग्रेस, माओवादी-एमाले र माओवादी-मधेस केन्द्रित दलहरु छलफल गरिरहेका थिए। कांग्रेसले कोइरालालाई राष्ट्रपति नबनाए प्रतिपक्षमा बस्ने स्पष्ट पार्योर। माओवादीले कोइरालाको नाम सुन्न समेत चाहेन। 

माओवादीले राष्ट्रपतिमा एमालेलाई पनि 'सहमति' जनाएको थियो। तर, त्यसले मूर्त रुप पाउन सकेन। माधव नेपाल बाहेकका नाम प्रस्ताव गर्नु भन्ने माओवादीको अडान र पार्टीले राष्ट्रपति पाए नाम तोक्ने एमालेको अडानका बीच एमालेको हातबाट राष्ट्रपति फुत्कियो।

मधेस केन्द्रित दलहरुले ताजा जनादेशले मधेसी राष्ट्रपति मागेको बताए। भेटघाट, लबिङ तीव्र बन्यो।

साउन २ गते दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवार बन्न रहर गर्ने मध्ये केहीले अघिल्लै दिन फारम लगिसकेका थिए। माओवादीले सघाउने स्पष्ट नहुँदै रामराजाप्रसाद सिंहले पनि सहकर्मीमार्फत फारम लगे।

दलहरु बीचका सहकार्य र सम्भावित समीकरण भाँडियो। सबैले आ-आफ्ना उम्मेदवारहरु उठाए।

माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्योह। उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई उम्मेदवार बनायो।

उता, कांग्रेसले पनि मधेसी उम्मेदवार नै उठायो। सर्वसम्मत राष्ट्रपति बन्ने चाह राखेका कोइरालाले बहुमतीय खेलमा उत्रिनु आवश्यक ठानेनन्। 'हार्न'कै लागि रामवरण यादवलाई उम्मेदवार बनायो। उपराष्ट्रपतिमा उसले मानबहादुर विश्वकर्मालाई उठायो।

यसैगरी, माओवादीले एमाले नेता नेपाललाई राष्ट्रपतिमा सघाउन नसकिने बताएपछि उनीहरु बीचको औपचारिक र अनौपचारिक छलफलहरु स्थगित भए। २ गते दिउँसो नै एमालेले अनौपचारिक बैठक बसेर राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगायो। साथै, माओवादीसँग सत्ता साझेदारी पनि नगर्ने निर्णय गर्योप। बैठकमा तत्कालीन महासचिव झलनाथ खनाले 'विदेशी शक्तिकेन्द्र'को इशारामा अर्को समीकरण बनाइएको भन्दै आक्रोश पोखे।

एमालेले पनि मधेसी मूलका व्यक्तिलाई नै राष्ट्रपतिको उम्मेदवार बनायो। अझ उसले त मधेसी दलित नै रोज्यो। एमालेबाट राष्ट्रपतिको उम्मेदवार रामप्रित पासवान बने। उपराष्ट्रपतिमा भने अष्टलक्ष्मी शाक्य उम्मेदवार बनिन्।

त्यतिबेला संविधानसभाको चौथो ठूलो शक्ति मधेसी जनाधिकार फोरम लगायतका मधेस केन्द्रित दलहरुले सिंहलाई समर्थन गर्ने बताए। सिंह राष्ट्रपति बन्ने पक्का जस्तै बन्यो। फोरमले उपराष्ट्रपतिमा भने आफ्नै उम्मेदवार उठायो। उसको उम्मेदवार परमानन्द झा बने।

४ गतेका लागि चुनाव तोकिएको थियो। ११ देखि २ बजेसम्मका लागि मतदान, साढे २ देखि साढे ४ सम्म मतगणना, ५ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा प्रमुख निर्वाचन आयुक्तले संविधानसभाका अध्यक्ष समक्ष परिणाम पेश गर्ने र संविधानसभाको बैठकमा मत परिणाम घोषणा गर्ने कार्यसूची थियो।

३ गते दिनभरि अनेक किसिमका खिचडी पाकिरहे। दलहरु बीच पनि वार्ता र छलफल चलिरहे। माओवादी र फोरमबीच दुई पटक छलफल भयो। आफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाए मात्रै माओवादीबम राष्ट्रपति उम्मेदवारलाई सघाउने फोरमले सर्त राख्यो। नसघाए कांग्रेससँग समीकरण बनाउने उसले बतायो। त्यस्तै, मधेस केन्द्रित दलका नेताहरु र कांग्रेसका नेताहरु बीच पनि छलफल चल्यो। तरऽ निष्कर्ष भने केही निस्किएन।

माओवादीले फोरमका उम्मेदवार झा विवादित व्यक्ति भएको र समर्थन गर्न नसिकिने बताएपछि फोरमले ऊसँगको वार्ता रोक्यो। ४ गते बिहानै माओवादी र फोरमको सहकार्य अन्त्य भयो। र चुनाव हुनु केही बेरअघि कांग्रेस, एमाले र फोरमबीच नयाँ सहमति भयो। कांग्रेसले राष्ट्रपति, फोरमले उपराष्ट्रपति र एमालेले सभामुख पाउने सहमति बन्यो। तर, सहमतिको ब्रिफिङ सभासद्हरुलाई राम्रोसँग हुनै पाएन। मत हाल्न तयार भएकाहरुमा अलमल भयो। मतदान गोप्य भएको र दलीय ह्विप पनि नलागेकाले सभासदहरुले आफ्नै हिसाबले मत खसाले। पहिलो चुनावमा २५ मत बदर भयो। कोही पनि राष्ट्रपति चुनिन सकेन। त्यतिबेला यादवले पाएको ७ र सिंहले पाएका १८ मत बदर भएको समाचार सार्वजनिक भएको थिए।

त्यतिबेला जित्नका लागि २९८ मत चाहिन्थ्यो। ५ सय ९४ जनाले मात्रै मत खसाल्न पाउँथे। ६ सय १ मध्ये ५ जनाले दुई ठाउँबाट जितेका थिए। मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जनामध्ये कांग्रेसबाट मनोनित विश्वनाथ उपाध्याय र माओवादीबाट मनोनित पद्म ज्योतिले सपथ नलिइसकेका कारण ७ मत कम थियो। नेमकिपा (५), राजमो (४), राप्रपा (४), नेकपा एकीकृत (२) ले मतदान बहिस्कार गरेका थिए। नेपाली कांग्रेसकी सभासद् आरजु राणा विदेशमा रहेका कारण मतदानमा भाग लिन पाइनन्।

तर, रामवरण यादवले २८३ मत पाए। उनलाई जितका लागि १५ मत पुगेन। त्यस्तै, रामराजाप्रसाद सिंहले २७० मत पाए। 

गठबन्धन बनेपछि उम्मेदवारी स्थगित गरेर बसेका पासवानको पक्षमा भने एकमत पनि खसेन।

त्यस्तै, उपराष्ट्रपतिमा परमानन्द झाले ३०५ मत पाएर विजयी भए। माओवादी उम्मेदवार श्रेष्ठले भने २४३ मत मात्रै पाइन्। मुलुकले राष्ट्रपतिभन्दा पहिले उपराष्ट्रपति पायो। उपराष्ट्रपतिका लागि झालाई कांग्रेस, एमाले, फोरम गठबन्धनलाई तमलोपा र सद्भावनाले पनि सघाएका थिए।

गठबन्धनपछि उम्मेदवारी स्थगित गरेका विश्वकर्माले २ र शाक्यले ४ मत प्राप्त गरे। उपराष्ट्रपतिको चुनावमा २४ मत बदर भएको थियो।

४ गते राष्ट्रपतिको टुंगो नगालेपछि ६ गतेका लागि निर्वाचन तोकियो। त्यसै दिन बेलुकादेखि नेताहरुबीच छलफल तीव्र बन्यो।

५ गतेसम्ममा माओवादीको हातबाट परिस्थिति गुमिसकेको थियो। उसले अर्को गठबन्धनलाई 'अप्राकृतिक' भएको आरोप लगाउनु बाहेक कुनै रणनीतिक सफलता हात पार्न सकेन। उपराष्ट्रपतिमा कांग्रेस-एमाले-फोरम गठबन्धनलाई सघाएका तमलोपा र सद्भावनाले भने राष्ट्रपतिमा माओवादीलाई साथ थिए।

पहिलो चुनाव बहिष्कार गरेकाहरुले पनि दोस्रोपटकको चुनावमा सहभागी हुने निर्णय गर्न थाले। राजमो (४ मत) ले रामवरण यादवलाई सघाउने औपचारिक निर्णय गर्यो ।
अघिल्लो चुनावमा मत हाल्न नपाएकी आरजु राणा पनि स्वदेश फर्किइन्।

दलहरुले संसदीय बैठक ठाकी सभासद्हरुलाई मतदान गर्न सिकाए। माओवादीले पार्टी 'लाइन' अनुसार मत हाल्न सभासद्हरुलाई कडा निर्देशन दियो। उस्तै, कदम फोरमले पनि उठायो। 
माओवादी र गठबन्धनले ४ गते मतदान नगरेका केही दललाई फकाउने प्रयास गरे। 

६ गते भएको दोस्रो चुनावमा कुल ५९० मत खस्यो। कुनै पनि मत बदर भएन। राप्रपाका सभासद् (४ जना) बाहेक सबैले मतदान गरे।

रामवरण यादव ३०८ मत पाएर विजयी भए। सिंहले २८२ मत पाए। यादवलाई साना दलहरुले पनि मत हालेका थिए भने सिंहलाई माओवादीका अतिरिक्त तमलोपा र सद्भावना पार्टीका सभासद्ले मत हालेका थिए।

गणतन्त्र कार्यन्वयन भएको ५४ दिनपछि मुलुकले पहिलो राष्ट्रपति पायो।

यादवले साउन ८ मा सपथ खाए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि सोही दिन राजीनामा दिए। लामो समयदेखि रोकिएको राजनीति अघि बढ्यो।

दोस्रो राष्ट्रपति निर्वाचन (०७२ कात्तिक ११)

०७२ जेठमा भएको १६ बुँदे भद्र सहमतिबाट नेपाली कांग्रेस पछि हटेपछि संविधान घोषणापछि दलीय गठबन्धनले नयाँ स्वरुप लिएको थियो। राष्ट्रपतिका रुपमा हेरिएका कांग्रेस सभापति सुशील

कोइराला नै प्रधानमन्त्रीको प्रतिस्पर्धी बनेपछि एमाले र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो। उनीहरुले नै मुख्य पदहरु बाँडेर लिइरहेका थिए। त्यसै अनुसार राष्ट्रपति एमालेको भागमा पर्योे भने उपराष्ट्रपति र सभामुख माओवादीले पायो।

कात्तिक ७ मा सभामुख ओनसरी घर्तीले ११ गतेका लागि राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरेकी थिइन्। र, सोही दिन कार्यतालिका पनि घोषणा भएको थियो। ११ बजेदेखि २ बजेसम्म मतदान, २ बजेपछि मतगणना, पौने ५ बजे मतपरिणाम सभामुखलाई बुझाउने र संसदमा सभामुखले घोषणा गर्ने कार्यतालिका थियो।

९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रपतिमा उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उठाउने निर्णय गरेको थियो। त्यतिबेला राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउनुपर्ने आवाज पनि उठेको थियो। सानोतिनो स्वर त झलनाथ खनालको पक्षमा पनि उठेको थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्तावको अगाडि अरु सबै छेउ लागे। भण्डारी नै उम्मेदवार बनिन्।

कांग्रेसले भने सर्वसम्मत भए रामवरण यादवलाई नै निरन्तरता दिने बताएको थियो। तर, त्यसो हुन सकेन। कात्तिक १० मा कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उठाउने निर्णय गर्‍यो।

१० गते उम्मेदवारी दर्ता भयो। भण्डारीका लागि प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका कमल थापा समर्थक बसे।

कांग्रेस उम्मेदवार गुरुङको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा कृष्णप्रसाद सिटौला थिए।

राष्ट्रपतिमा नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले पनि उम्मेदवारी दिएका थिए। तर, उनले उम्मेदवारी फिर्ता लिए।

११ गते भएको निर्वाचनमा भण्डारी ३२७ मत पाएर विजयी भइन्। त्यतिबेला संसदमा कुल ५ सय ९७ सदस्य थिए भने ५ सय ४९ ले मत खसालेका थिए। ४७ जना अनुपस्थित थिए। आन्दोलनरत मधेसी मोर्चाले मतदान बहिस्कार गरेको थियो।

भण्डारीका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाए। ८ मत बदर भएको थियो। 

त्यस्तै, कात्तिक १४ मा उपराष्ट्रपतिको निर्वाचन भएको थियो। उपराष्ट्रपतिमा माओवादी उम्मेदवार नन्दबहादुर पुन पासाङ विजयी भए। उनले ३ सय २५ मत पाए। निर्वाचनमा कुल ५ सय ९६ मध्ये ५ सय ४७ मत खसेको थियो। १० मत बदर भयो। प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अमियकुमार यादवले २ सय १२ मत मात्रै पाए। 

तेस्रो राष्ट्रपतिको निर्वाचन (०७४ फागुन २९)

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया सुरु भएपछि र उनीहरुले नै चुनाव जितेपछि प्रमुख पदहरु बाँडफाँट गरेर लिएका छन्। उनीहरुले बर्चस्व रहेको प्रदेशका प्रमुख पददेखि केन्द्रका राजकीय पदमा समेत बाँडफाँट गरेका हुन्। त्यसै अनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो।

तर, विद्या भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्‍याउन एमालेभित्र सकसको स्थिति देखियो। एमालेका नेता झलनाथ खनालले प्रसट रुपमा आफू पनि राष्ट्रपति बन्न चाहेको बताएका थिए। तर, उम्मेदवारी मनोनयनको अघिल्लो दिन फागुन २२ गते राति बसेको एमाले स्थायी समिति बैठकमा खनाललाई साथ दिने नेताहरु देखिएनन्। उनी पछि फर्के। केही विरोधका बाबजुद भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्‍याउने निर्णयसहित एमाले अघि बढ्यो।

फागुन २३ मा राष्ट्रपतिका लागि भण्डारीले मनोनयन दर्ता गरिन्। उनलाई माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, ओनसरी घर्ती र सुवास नेम्वाङले प्रस्ताव गरे। त्यस्तै, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले समर्थन गरेका थिए।

त्यस्तै, वाम गठबन्धनले भण्डारीबाहेक अरुलाई उम्मेदवार बनाए आफूले उम्मेदवारी नदिने बताउँदै आएको कांग्रेसले आफ्नो उम्मेदवार बनायो, कुमारी लक्ष्मी राईलाई। उनलाई चित्रलेखा यादव, मानबहादुर विक, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरे। त्यस्तै, सुजता परियार, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, राधा घले र मेखलाल श्रेष्ठले समर्थन गरे।

राष्ट्रपतिको निर्वाचनमा मतदाता पनि विस्तार भएका छन्। पहिले सांसद (सभासद) ले मात्रै दिने मत यसपटकदेखि प्रदेशसभाका सदस्यसम्म विस्तार भएको छ। प्रति संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य) को मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ हुने व्यवस्था गरिएको छ।

राष्ट्रपतिका लागि भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा लगायतका दलले समर्थन गरेका थिए। 

राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ ले मतदान गरेका थिए। राष्ट्रपतिको मतदानमा संघीय सांसदका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित रहे। संघका ३ जना र प्रदेशका ५ जनाको मत बदर भएको छ। 

निर्वाचनमा ५१ हजार ४ सय ८२ मतभार खसेकोमा राष्ट्रपतिमा निर्वाचित भण्डारीको ३९ हजार २ सय ७५ मतभार छ। प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाइन्।

याे पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे भन्छन्– 'दुर्घटनाकै कुरा गरिरहँदा प्लेन खस्यो' #Video

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्