• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विमान दुर्घटनामा बाँच्न सफल पाण्डे भन्छन्– 'दुर्घटनाकै कुरा गरिरहँदा प्लेन खस्यो'

64x64
नेपाल लाइभ सोमबार, फागुन २८, २०७४  १५:०५
1140x725

‘प्लेन ल्यान्ड भयो। खुसीले मन ढक्क फुलेको थियो। एक्कासी ड्याङ्ग आवाज आयो। त्यसपछि होसमा आउँदा त मेरो एउटा खुट्टा चलिरहेको थिएन। प्लेनतिर हेर्दा धुवाँ आइरहेको थियो’, विमान दुर्घटनाबाट बच्न सफल भएर मेडिसिटी अस्पताल भैंसेपाटीमा उपचार गराइरहेका ट्राभल एजेन्ट केशव पाण्डेले भने। 

अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका पाण्डेलाई मृत्युको नजिकैबाट गुज्रिएको त्यो समयको धमिलो सम्झना मात्रै छ। उनी भन्छन्, ‘प्लेन ठोक्कियो भन्ने महसुस हुँदै थियो, बेहोस भएछु। पछि होसमा आउँदा त म चौरमा थिएँ। माथिबाट पानी वा तेल केही खसिरहेको थियो।’

हेर्नुस् भिडियो:

त्यही समय उनको मनले त्यहाँबाट दौडिन भन्यो। उनी दौडिन खोजे, तर दाहिने खुट्टा सर्नै मानेन। 

‘बाँचियो भन्ने खुसी फेरि दुःखमा परिणत भयो। प्लेनतिर हेरेँ, प्लेनमा धुवाँ पुत्पुताइरहेको थियो। अब प्लेन पड्किन्छ जस्तो लाग्यो।’

यत्तिकैमा उनले नजिकै सेना र अरु उद्धारकर्मीहरु दौडिरहेका देखे। उद्धारका क्रममा उनलाई उठाएर गाडीमा राखियो। त्यसपछि फेरि बेहोस भएका उनी नेपाल लाइभकर्मी अस्पताल पुग्दा भर्खरै होसमा आएका थिए। डाक्टरले उनको प्रारम्भिक उपचार र जाँच सकेका थिए।

Ncell 2
Ncell 2

‘प्लेन उपत्यका भित्रिएपछि आइपुगियो भन्दै सबै यात्रु खुसी भयौं। तर, प्लेन त विमानस्थलको धावनमार्ग क्रस गरेर अघि पो बढ्यो’, पाण्डेले दुर्घटना अगाडिको दृश्य सम्झिए।

उनका अनुसार, विमान अवतरण नभए पनि एकदमै तल झरिसकेको थियो। ‘कपन पुग्दा घर र रुख छोला जस्तो भएको थियो’, उनले भने, ‘मन केही आत्तिएको थियो। तर, प्लेन बुढानीलकण्ठ र बालाजुतिर घुम्दा केही माथि पुग्यो।’

उनले आफूसँगैको सिटमा रहेका व्यक्तिसँग भने– ‘प्लेन चक्कर लगाउन थाल्यो। पक्कै पनि त्रिभुवन विमानस्थलमा ट्राफिक जाम छ।’

उनीहरुले यति कुरा गर्दैगर्दा विमान एक फन्को लगाएर विमानस्थल नजिकै आइपुगिसकेको थियो। पाण्डेले बाहिर हेरे। विमान सधैं जताबाट ल्यान्ड हुन्थ्यो, त्यताबाट भएन। कोटेश्वरबाट नभई भक्तपुरतर्फबाट ल्यान्ड हुन लागेको उनले देखे। उनलाई लाग्यो, ‘जताबाट भए पनि ल्यान्ड भएपछि सुरक्षित अवतरण भइयो।’ मनमा एकखालको डर भने थियो, त्यसैले बाहिर हेरिरहेका थिए। प्लेन घाँसे मैदानतिर गइरहेको जस्तो लाग्यो। त्यसपछि उनको कानमा डरलाग्दो आवाज आयो–ड्वाङ्ग! उनी बेहोस भए। 

दुर्घटनाको पूर्व संकेत न उनीसहितका यात्रुलाई थियो, न चालक दलले नै त्यस्तो संकेत गरे। उनीहरुको मनमा केही चिसो भने पसेको हुनुपर्छ, त्यसैले आकाशमा विमानले चक्कर लगाइरहँदा उनीहरुले दुर्घटनाकै विषयमा कुरा गरेका थिए। 

उनले भने, ‘हामी धेरै जना प्लेनकै टिकट बेच्ने मान्छे थियौं। त्यसैले हामीलाई प्लेनका खराब पक्ष थाहा थियो। हामीले केहीबेर त्यसबारे छलफल गर्‍यौं। डर भने लागेको थिएन।’

दुर्घटनापछि विमानबाट आफू कसरी बाहिर निस्किएँ भन्ने उनलाई याद छैन। उनको अनुमान छ– कहीँ इमर्जेन्सी ढोका खुलेर बाहिर बजारिएँ कि? 

दुर्घटनाको संकेत मस्तिष्कले पाउँदा उनको आँखामा ‘इमर्जेन्सी एक्जिक्ट’ लेखेको ढोकाको दृश्य नाचेको थियो। उनी भन्छन्, ‘म प्लेनको पहिलो नम्बरको सिटमा थिएँ। सँगै एकजना भाइ पनि थिए। मेरो सिट नजिकै इमर्जेन्सी ढोका थियो।’

विमानमा सवार बहुसंख्यकले ज्यान गुमाएको यस दुर्घटनामा उनी जोगिएका छन्। आफूसँगै अरु जोगिए कि जोगिएनन्? उनका आँखाले जिज्ञासा राखिरहेका थिए। हामीले केही बताएनौं। उपचारमा संलग्न डाक्टरले कुराकानी गर्न समय पुगेको संकेत गरेपछि हामी निस्कियौं।

अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख डा सञ्जय कार्कीको समूहले विमानस्थलबाट आपतकालीन उद्धार गरी पाण्डेलाई अस्पताल पुर्‍याएको हो। अहिले उनको उपचारमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाको समूह सक्रिय छ। डा राणाका अनुसार उनको अवस्था खतरामुक्त छ।  उनले भने, ‘उहाँको दाहिने खुट्टाको माथिल्लो भागमा फ्याक्चर छ।’

फोटो/भिडियो : निमेष जंग राई

प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्