काठमाडौं– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो।
छायांकन आकर्षक देखिएको ट्रेलरमा प्रेम, बिछोड, एक्सन र रोमान्सका दृष्यलाई समेटिएको छ।
ट्रेलर अगाडि नै 'तिमीसँग'ले दुई वटा गीत ल्याइसकेको छ। ट्रेलरमा साम्राज्ञी राज्य लक्ष्मी शाह, अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेनको मायाको भाव देखाइएको छ।
शिशिर राणाको निर्देशन, लेखन रहेको फिल्म यही चैत २३ बाट देशभर रिलिजको तयारीमा छ। रोशन भट्टराईको एक्सन तथा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई सुशील क्षेत्रीले छायांकन गरेका हुन्।
'ए मेरो हजुर २' सफलतापछि अभिनेत्री साम्राज्ञी 'तिमीसँग' मार्फत मुख्य भूमिकामा आउँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।