मुम्बई (एजेन्सी)– चर्चित अभिनेत्री करिना कपुरले आफ्नो छोराको नाम ‘तैमुर’बाट अर्को राख्न सैफ अली खान इच्छुक रहेको खुलासा गरेकी छिन्। उनले आफूले आफ्नो श्रीमानलाई त्यसो नगर्न सल्लाह दिएको बताइन्।
भारतीय मिडिया समूह इन्डिया टुडेले आयोजना गरेको कनक्लेभमा उनले अभिनेता सैफ अली खान आफ्नो छोराको नाम तैमुरलाई परिवर्तन गर्दै ‘फैज’ राख्न उद्धेलित रहेको बताइन्।
‘तैमुर’ एक मुगल शाषक थिए। भारतीय इतिहासमा उनी निकै बदनाम छन्। त्यसैले यो नामको विषयमा आलोचना बढेपछि सैफ आफ्नो छोराको नाम परिवर्तन गर्दै ‘फैज’ राख्न चाहन्थे। तर, नाम परिवर्तन नगर्न आफूले दबाब दिएको करिनाले खुलासा गरिन्।
‘तैमुर’को जन्म २० डिसेम्बर २०१६ मा भएको थियो। करिनाले आफ्नो छोराको नामप्रति आफू सकारात्मक रहेको बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।