नयाँ दिल्ली (एजेन्सी)- भारतीय कमेडियन कपिल शर्माका शो हरुमा 'गुत्थी' तथा 'डाक्टर गुलाटी' को भूमिकामा देखिने लोकप्रिय कलाकार सुनील ग्रोवर कपिलको नयाँ टेलिभिजन कार्यक्रममा नदेखिने भएका छन्।
सोनी टेलिभिजनमा आउन लागेको कमेडी शो 'फेमिली टाइम विद कपिल शर्मा' को प्रोमो समेत सार्वजनिक भइसकेको छ। शोमा सहभागी साथी कलाकारहरुबारे विभिन्न अनुमान चलिरहँदा सुनीलले यसबारे मुख खोलेका छन्।
एक कुराकानीका क्रममा सुनीलले आफू कपिलको शोमा नरहेको बताएका छन्। 'शो मा म छैन, त्यसका लागि मलाई भनिएको पनि छैन।'
महिलाको भूमिकामा देखिएर पाएको लोकप्रियताबारे सुनील भन्छन्, 'यस्तो किन भयो भने, महिलाकै कारण म यो संसारमा छु।'
उनले अगाडि भनेका छन्, 'महिलाबिनाको दुनियाँ कल्पना गर्नु असम्भव छ। म विभिन्न हिसाबले महिलाहरुसँग गाँसिएको छु। यसै कारण म आफैं (पर्दामा)महिला बनेँ। म महिलाहरुप्रति धेरै आभार प्रकट गर्छु, मैले महिला सरह नै धेरै ख्याति हासिल गर्न सकेँ।'
सुनीलले आफ्नो आगामी नयाँ कार्यक्रमबारे केही पनि बताएका छैनन्। उनका अनुसार कार्यक्रमले अन्तिम रुप दिएपछि खुलासा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।