• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउडले अल्पायुमै गुमाएका यी कलाकार, दिव्या भारतीदेखि श्रीदेवीसम्म

64x64
नेपाल लाइभ शनिबार, फागुन २६, २०७४  ०९:३५
1140x725

काठमाडौं- भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु पछिल्लो समय स्तब्ध भए। गत फेब्रुअरी २४ को राति अचानक उनको मृत्यु भएको खबरले उनलाई मन पराउने दर्शकले आफ्नो प्रिय कलाकार र रुपकी रानी गुमाएको महसुस गरेका छन्। 

यी चर्चित कलाकारको निधनपछि यतिखेर बलिउड क्षेत्रका कलाकारका साथै उनका फ्यानहरुले किन यस क्षेत्रले अल्पायुमै कलाकारहरु गुमाउनु परिरहेको छ भन्नेबारे  चर्चा गरिरहेका छन्। त्यस्तै, भारतीय सञ्चारमाध्यमहरुले पनि कम उमेरमै किन यसरी भारतीय कलाकारहरुले ज्यान गुमाइरहेका छन् भन्नेबारेका समाचारहरु प्रस्तुत गर्ने गरेका छन्। 

दुबईमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको समाचार बाहिर आएको थियो। तर, अस्पतालले पोस्टमार्टम रिपोर्टपछि उनको मृत्यु हृदयाघातले नभई बाथटबमा डुबेर भयो भन्ने तथ्य प्रकाशित गर्‍यो। 

सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। ५४ वर्षको उमेरमा निधन भएकी उहाँले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन्। उनका 'मिस्टर इन्डिया', 'चाँदनी,' 'मावली', 'तोफा', 'चालबाज', 'लम्हे', 'खुदा गवाह', 'सद्मा', 'जुदाई' जस्ता व्यावसायिक रुपमा सफल चलचित्र छन्। उनले यति छोटो उमेरमै डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरिन्।

यसैगरी अचानक मृत्यु भएको भारतीय चलचित्रका अर्की अभिनेत्री हुन् परवीन बाबी। सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनी सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्मिएकी थिइन्। बाबीको सन् २००५ को २० जुलाईका मुम्बईस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो। यो पनि अर्को एक रहस्यमय निधन नै थियो। बाबी १९७३ देखि १९९० सम्म अभिनेत्रीको रुपमा चर्चित थिइन्। अविवाहित बाबीले चलचित्रमा बढीजसो अमिताभ बच्चन र शशि कपूरसँग अभिनय गरेकी थिइन्।

यस्तै, रहस्यमय मृत्युवरण गरेकी अर्की अभिनेत्री थिइन्, दिव्या भारती। रुपमा अब्बल मानिएका र रुपको चर्चामा शिखरमा रहेकी उनको १९ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो। हिन्दी र तेलगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिव्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। कम समयमै सफलताको चुचुरोमा पुग्न सफल दिव्याले 'विश्वात्मा', 'सोला ओर सबनम' र 'दिवाना' जस्ता चलचित्रबाट भारत मात्र नभई बाहिरका दर्शकलाई पनि मोहित पारेकी थिइन्। यी नायिकाको मुम्बईस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो। तर, यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन। आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्भमा छ।

बलिउड जगतले अचानक र कम उमेरमा गुमाउन पुगेको अर्को अभिनेत्री स्मिता पाटिल पनि हुन्। एक दशकमा हिन्दी र मराठी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी यी अभिनेत्रीको ३१ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो। उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्। उनले भारतीय नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन्। भारतीय चलचित्रकै अभिनेता राज बब्बरसँग विवाह गरेकी स्मिताको बच्चा जन्मिँदा उत्पन्न प्रसूतिजन्य जटिलताका कारण मृत्यु भएको थियो। उनले हिन्दी भाषाका प्रख्यात चलचित्र 'अर्थ', 'भूमिका', 'वासिस', 'आजकी आवाज', 'मिर्च मसाला', 'नमक हलाल' जस्ता कैयौं चलचित्रमा अभिनय अभिनय गरेकी थिइन्।

हलिउड चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्की अभिनेत्री हुन्, मीना कुमारी। सन् १९३३ को १ अगस्तमा जन्मिएकी मीनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो। बालकलाकारबाट चलचित्र जगतमा प्रवेश गरेकी मीनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो। उनलाई बलिउड जगतमा ‘द ट्राजिडी क्विन’ को नामबाट पनि चिनिन्थ्यो। उनले बलिउडका प्रख्यात चलचित्र 'साहेब बिवी और गुलाम', 'पाकिजा', 'मेरे अपने', 'बैजु बावरा', 'दिल अपने और प्रित पराइ' जस्ता कैयौं चलचित्रमा अभिनय गरेकी थिइन्। उनको निधन क्यान्सरको कारण भएको थियो। 

Ncell 2
Ncell 2

भारतीय चलचित्रका निर्देशक, निर्माता कलाकार समेत रहनुभएका गुरुदत्तको पनि ३९ वर्षको उमेरमै मृत्यु भएको थियो। उनी सन् १९५० देखि ६० को दशकमा अत्यन्त प्रख्यात थिए। उनका चर्चित चलचित्रहरुमा प्यासा, कागज के फुल, साहिब बिबी और गुलाम, चौँदवीका चाँद लगायत थिए। उनले एक सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका थिए। सन् १९२५ को जुलाई ९ मा जन्मिएका उनको १९६४ को १० अक्टोबरमा निधन भएको थियो।

त्यसैगरी हृदयाघातका कारण मृत्युवरण गर्न पुगेका बलिउडका अर्का प्रख्यात अभिनेता सञ्जीव कुमार पनि हुन्। उनको ४७ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९३८ को ९ जनवरीमा जन्मिएका उनले दस्तक र कोसिस हिन्दी चलचित्रमा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट एक्टर’ को पुरस्कार लगायत कैयौं पुरस्कार पाएका छन्। कलाजगतमा विलक्षण प्रतिभाका धनी सञ्जीव कुमारको यो अल्पायुकै निधनले पनि कैयौं कलाकर्मी र कलाप्रेमीहरु मर्माहत भएका थिए। उनका प्रचलित चलचित्रमा अर्जुन पन्डित, कोसिस, खिलौना, यही हे जिन्दगी, नया दिन नई रात आदि हुन्। अविवाहित रहेका उनको ६ नोभेम्बर १९८५ मा मृत्यु भएको थियो। त्यसताका बताइए अनुसार उनलाई मृटुको केही समस्या रहेकै कारण विवाह गरेका थिएनन्। 

हृदयघातका कारण मृत्यु हुने अर्का अभिनेता हुन्, विनोद मेहरा। १९४५ को १३ फेब्रुअरीमा जन्मिएका उनको १९९० को ३० अक्टोबरमा ४५ वर्षको उमेरमा मृत्यु भएको थियो। उनले बालकलाकारको रुपमा १९५० मा बलिउडमा काम गरेका थिए। उनले आफ्नो युवा उमेरमा चलचित्रको यात्रा सन् १९७१ बाट सुरु गरेका थिए। उनी 'गुरुदेव' नामक हिन्दी चलचित्रको निर्देशक र निर्माता समेत थिए। उनको मृत्यु भएको तीन वर्षपछि मात्र सो चलचित्र प्रदर्शनमा आएको थियो। उनले हिन्दी चलचित्र जगतका अति उत्कृष्ट कथाका आधारित अमर प्रेम, लाल पथर, अनुराग लगायत चलचित्रमा अभिनय गरेका थिए। उनीसँग अभिनय गर्ने अभिनेत्रीहरुमा मौसमी च्यातरजी, रेखा, योगीता बाली शबाना आजमी लगायत छन्।

हृदयाघातका कारण निधन भएका किशोरकुमार जस्ता कलाकारका कारण हिन्दी चलचित्र जगतले आफ्नो आवाज समेत गुमायो। सुरिलो र मीठो आवाजका धनी यी महान् कलाकारको जन्म सन् १९२९ को अगस्ट ४ मा भएको थियो। उनको मृत्यु सन् १९८७ को १३ अक्टोबरमा ५८ वर्षको उमेरमा भएको थियो। उनी भारतीय पार्श्व गायक, गीतकार, रचनाकार, निर्माता र निर्देशक समेत थिए। उनले कैयौं भाषामा गीत गाएका थिए। उनले पार्श्व गायनतर्फ आठ वटा पुरस्कार पाएका थिए। उनका 'मेरे सपनोकी रानी', 'रुप तेरा मस्ताना', 'ओ मेरे दिलके चैन', 'तेरे विना जिन्दगी से कोही सिकवा नही' जस्ता सयौं गीत चर्चित छन्।

त्यस्तै, आवाजका धनी अर्का गायक मोहम्मद रफीको पनि हृदयघातकै कारण मृत्यु भएको थियो। सन् १९२४ को २३ डिसेम्बरमा जन्मिएका उनको १९८० जुलाई ३१ मा ५६ वर्षको उमेरमा मृत्यु भएको थियो। पद्मश्रीसहित विभिन्न ६ वटा चलचित्र पुरस्कार प्राप्त गरेका उनका भारतका विभिन्न भाषामा करिब ७ हजार ४ सय ५ गीत रेकर्ड छन्।

त्यस्तै, गायन क्षेत्रका अर्का हस्ती मुकेश चन्द माथुरलाई पनि हृदयाघातले नै छोटै उमेरमा लगेको थियो। १९२३ को जुलाईमा जन्मिएका उनको १९७६ को अगस्त २७ मा मृत्यु भएको थियो। उनले १९७३ मा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट मेल प्लेब्याक सिङ्गर’ पुरस्कार पाएका थिए। उनले खासगरी अभिनेता राजकपुर, मनोजकुमार फेरोज खान र सुनिल दत्तको लागि गीत गाएका थिए। 

मोहिनी मिश्र रिसाल/ रासस- अन्तर्राष्ट्रिय आलेख सेवा

प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्