• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलिउडले अल्पायुमै गुमाएका यी कलाकार, दिव्या भारतीदेखि श्रीदेवीसम्म

64x64
नेपाल लाइभ शनिबार, फागुन २६, २०७४  ०९:३५
1140x725

काठमाडौं- भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु पछिल्लो समय स्तब्ध भए। गत फेब्रुअरी २४ को राति अचानक उनको मृत्यु भएको खबरले उनलाई मन पराउने दर्शकले आफ्नो प्रिय कलाकार र रुपकी रानी गुमाएको महसुस गरेका छन्। 

यी चर्चित कलाकारको निधनपछि यतिखेर बलिउड क्षेत्रका कलाकारका साथै उनका फ्यानहरुले किन यस क्षेत्रले अल्पायुमै कलाकारहरु गुमाउनु परिरहेको छ भन्नेबारे  चर्चा गरिरहेका छन्। त्यस्तै, भारतीय सञ्चारमाध्यमहरुले पनि कम उमेरमै किन यसरी भारतीय कलाकारहरुले ज्यान गुमाइरहेका छन् भन्नेबारेका समाचारहरु प्रस्तुत गर्ने गरेका छन्। 

दुबईमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको समाचार बाहिर आएको थियो। तर, अस्पतालले पोस्टमार्टम रिपोर्टपछि उनको मृत्यु हृदयाघातले नभई बाथटबमा डुबेर भयो भन्ने तथ्य प्रकाशित गर्‍यो। 

सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। ५४ वर्षको उमेरमा निधन भएकी उहाँले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन्। उनका 'मिस्टर इन्डिया', 'चाँदनी,' 'मावली', 'तोफा', 'चालबाज', 'लम्हे', 'खुदा गवाह', 'सद्मा', 'जुदाई' जस्ता व्यावसायिक रुपमा सफल चलचित्र छन्। उनले यति छोटो उमेरमै डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरिन्।

यसैगरी अचानक मृत्यु भएको भारतीय चलचित्रका अर्की अभिनेत्री हुन् परवीन बाबी। सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनी सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्मिएकी थिइन्। बाबीको सन् २००५ को २० जुलाईका मुम्बईस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो। यो पनि अर्को एक रहस्यमय निधन नै थियो। बाबी १९७३ देखि १९९० सम्म अभिनेत्रीको रुपमा चर्चित थिइन्। अविवाहित बाबीले चलचित्रमा बढीजसो अमिताभ बच्चन र शशि कपूरसँग अभिनय गरेकी थिइन्।

यस्तै, रहस्यमय मृत्युवरण गरेकी अर्की अभिनेत्री थिइन्, दिव्या भारती। रुपमा अब्बल मानिएका र रुपको चर्चामा शिखरमा रहेकी उनको १९ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो। हिन्दी र तेलगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिव्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। कम समयमै सफलताको चुचुरोमा पुग्न सफल दिव्याले 'विश्वात्मा', 'सोला ओर सबनम' र 'दिवाना' जस्ता चलचित्रबाट भारत मात्र नभई बाहिरका दर्शकलाई पनि मोहित पारेकी थिइन्। यी नायिकाको मुम्बईस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो। तर, यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन। आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्भमा छ।

बलिउड जगतले अचानक र कम उमेरमा गुमाउन पुगेको अर्को अभिनेत्री स्मिता पाटिल पनि हुन्। एक दशकमा हिन्दी र मराठी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी यी अभिनेत्रीको ३१ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो। उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्। उनले भारतीय नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन्। भारतीय चलचित्रकै अभिनेता राज बब्बरसँग विवाह गरेकी स्मिताको बच्चा जन्मिँदा उत्पन्न प्रसूतिजन्य जटिलताका कारण मृत्यु भएको थियो। उनले हिन्दी भाषाका प्रख्यात चलचित्र 'अर्थ', 'भूमिका', 'वासिस', 'आजकी आवाज', 'मिर्च मसाला', 'नमक हलाल' जस्ता कैयौं चलचित्रमा अभिनय अभिनय गरेकी थिइन्।

हलिउड चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्की अभिनेत्री हुन्, मीना कुमारी। सन् १९३३ को १ अगस्तमा जन्मिएकी मीनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो। बालकलाकारबाट चलचित्र जगतमा प्रवेश गरेकी मीनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो। उनलाई बलिउड जगतमा ‘द ट्राजिडी क्विन’ को नामबाट पनि चिनिन्थ्यो। उनले बलिउडका प्रख्यात चलचित्र 'साहेब बिवी और गुलाम', 'पाकिजा', 'मेरे अपने', 'बैजु बावरा', 'दिल अपने और प्रित पराइ' जस्ता कैयौं चलचित्रमा अभिनय गरेकी थिइन्। उनको निधन क्यान्सरको कारण भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय चलचित्रका निर्देशक, निर्माता कलाकार समेत रहनुभएका गुरुदत्तको पनि ३९ वर्षको उमेरमै मृत्यु भएको थियो। उनी सन् १९५० देखि ६० को दशकमा अत्यन्त प्रख्यात थिए। उनका चर्चित चलचित्रहरुमा प्यासा, कागज के फुल, साहिब बिबी और गुलाम, चौँदवीका चाँद लगायत थिए। उनले एक सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका थिए। सन् १९२५ को जुलाई ९ मा जन्मिएका उनको १९६४ को १० अक्टोबरमा निधन भएको थियो।

त्यसैगरी हृदयाघातका कारण मृत्युवरण गर्न पुगेका बलिउडका अर्का प्रख्यात अभिनेता सञ्जीव कुमार पनि हुन्। उनको ४७ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९३८ को ९ जनवरीमा जन्मिएका उनले दस्तक र कोसिस हिन्दी चलचित्रमा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट एक्टर’ को पुरस्कार लगायत कैयौं पुरस्कार पाएका छन्। कलाजगतमा विलक्षण प्रतिभाका धनी सञ्जीव कुमारको यो अल्पायुकै निधनले पनि कैयौं कलाकर्मी र कलाप्रेमीहरु मर्माहत भएका थिए। उनका प्रचलित चलचित्रमा अर्जुन पन्डित, कोसिस, खिलौना, यही हे जिन्दगी, नया दिन नई रात आदि हुन्। अविवाहित रहेका उनको ६ नोभेम्बर १९८५ मा मृत्यु भएको थियो। त्यसताका बताइए अनुसार उनलाई मृटुको केही समस्या रहेकै कारण विवाह गरेका थिएनन्। 

हृदयघातका कारण मृत्यु हुने अर्का अभिनेता हुन्, विनोद मेहरा। १९४५ को १३ फेब्रुअरीमा जन्मिएका उनको १९९० को ३० अक्टोबरमा ४५ वर्षको उमेरमा मृत्यु भएको थियो। उनले बालकलाकारको रुपमा १९५० मा बलिउडमा काम गरेका थिए। उनले आफ्नो युवा उमेरमा चलचित्रको यात्रा सन् १९७१ बाट सुरु गरेका थिए। उनी 'गुरुदेव' नामक हिन्दी चलचित्रको निर्देशक र निर्माता समेत थिए। उनको मृत्यु भएको तीन वर्षपछि मात्र सो चलचित्र प्रदर्शनमा आएको थियो। उनले हिन्दी चलचित्र जगतका अति उत्कृष्ट कथाका आधारित अमर प्रेम, लाल पथर, अनुराग लगायत चलचित्रमा अभिनय गरेका थिए। उनीसँग अभिनय गर्ने अभिनेत्रीहरुमा मौसमी च्यातरजी, रेखा, योगीता बाली शबाना आजमी लगायत छन्।

हृदयाघातका कारण निधन भएका किशोरकुमार जस्ता कलाकारका कारण हिन्दी चलचित्र जगतले आफ्नो आवाज समेत गुमायो। सुरिलो र मीठो आवाजका धनी यी महान् कलाकारको जन्म सन् १९२९ को अगस्ट ४ मा भएको थियो। उनको मृत्यु सन् १९८७ को १३ अक्टोबरमा ५८ वर्षको उमेरमा भएको थियो। उनी भारतीय पार्श्व गायक, गीतकार, रचनाकार, निर्माता र निर्देशक समेत थिए। उनले कैयौं भाषामा गीत गाएका थिए। उनले पार्श्व गायनतर्फ आठ वटा पुरस्कार पाएका थिए। उनका 'मेरे सपनोकी रानी', 'रुप तेरा मस्ताना', 'ओ मेरे दिलके चैन', 'तेरे विना जिन्दगी से कोही सिकवा नही' जस्ता सयौं गीत चर्चित छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, आवाजका धनी अर्का गायक मोहम्मद रफीको पनि हृदयघातकै कारण मृत्यु भएको थियो। सन् १९२४ को २३ डिसेम्बरमा जन्मिएका उनको १९८० जुलाई ३१ मा ५६ वर्षको उमेरमा मृत्यु भएको थियो। पद्मश्रीसहित विभिन्न ६ वटा चलचित्र पुरस्कार प्राप्त गरेका उनका भारतका विभिन्न भाषामा करिब ७ हजार ४ सय ५ गीत रेकर्ड छन्।

त्यस्तै, गायन क्षेत्रका अर्का हस्ती मुकेश चन्द माथुरलाई पनि हृदयाघातले नै छोटै उमेरमा लगेको थियो। १९२३ को जुलाईमा जन्मिएका उनको १९७६ को अगस्त २७ मा मृत्यु भएको थियो। उनले १९७३ मा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट मेल प्लेब्याक सिङ्गर’ पुरस्कार पाएका थिए। उनले खासगरी अभिनेता राजकपुर, मनोजकुमार फेरोज खान र सुनिल दत्तको लागि गीत गाएका थिए। 

मोहिनी मिश्र रिसाल/ रासस- अन्तर्राष्ट्रिय आलेख सेवा

प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्