नयाँ दिल्ली– भारतीय क्रिकेटर मोहम्मद समीविरूद्ध उनकै श्रीमती हासिन जहाँले घरेलु हिंसाको आरोप लगाएकी छिन्।
आफूलाई धम्की दिने हत्याको प्रयास गरेको आरोप लगाउँदै उनले समीविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। उनले समीलाई मात्र नभएर उनको दाजुविरुद्ध पनि बलात्कारको आरोप लगाएकी छिन्।
भारतीय अखबार अनुसार हासिनले दर्ता गराएको उजुरीमा भनिएको छ– ‘गत वर्ष म सासू–ससुराको घरमा गएको बेला समीका दाजुले बलात्कार गर्ने प्रयास गरेका थिए।’ हासिनका वकिल जाकिर हुसैनले गैरन्यायिक धारा अन्तर्गत समीविरूद्ध प्रहरीमा उजुरी परेको बताए।
उनले आफ्नो कुरा राख्न सोसल मिडियाको पनि सहयोग लिएकी थिइन्। आफूलाई बदनाम गराउन मोहम्मद सामीले केही महिलाहरूलाई पठाएको म्यासेज हासिनले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी थिइन्। जसलाई पछि फेसबुकले हटाएको थियो। र, अकाउन्ट पनि ब्लक गरेको थियो।
उनले आफूले कतैबाट सहयोग नपाएपछि सोसल मिडियाको सहयोग लिएको बताइन्। तर, फेसबुकले पनि आफ्नो पोस्ट डिलिट गरेको र अकाउन्ट ब्लक गरेकोमा खिन्नता जनाइन्। भारतीय टेस्ट टिमका बलर समी लामो समयदेखि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँग अनुबन्धित छन्।
आफ्नो श्रीमतीले लगाएको आरोपलाई लिएर भावुक बनेका समीले स्थानीय पत्रकारलाई भने, ‘हासिन र उनको परिवारसँग भइरहेको असम्झदारी हटाउन बसेर कुराकानी गर्ने सहमति भएको थियो। तर मलाई अचम्म लागिरहेको छ, उनलाई कसले उचालिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।