काठमाडौं– फिल्म 'द ब्रेकअप' निमार्णको घोषण भएको छ। ‘ग्याङ्स्टार ब्लुज’ डेब्यु नायक आशिरमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, सरोज खनाल, रेमन दास श्रेष्ठ, सलोन बस्नेत, डेब्यु नायिका इच्छा कार्की लागायतका कलाकारका साथ फिल्म निर्माणको घोषणा भएको हो।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन मार्फत् फिल्म निमार्णको औपचारिक घोषणा गरिएको हो। अभिनेता आशिरमान देशराज जोशी फिल्म ‘ग्याङ्स्टार ब्लुज’को व्यापारिक असलफलतापछि दोस्रो पटक स्क्रिनको तयारीमा छन्। द ब्रेकअपको फागुन २७ देखि छायांकन सुरु हुने भएको छ।
हलिउड ट्याग पाएकी नायिका शिल्पा मास्केको ‘द ब्रेकअप’ दोस्रो फिल्म हो। उनको पहिलो फिल्म 'कागज पत्र' रिलिजको तयारीमा छ।
प्रेमकथामा आधारित फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन्।
२०७५ को भदौ १५ लाई प्रदर्शन मिति तोकिएको फिल्मलाई रोहित अधिकारीले लगानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।