काठमाडौं– फिल्म 'राज्जारानी'ले तराईमा घुम्ती प्रदर्शन गर्ने भएको छ। तराईमा प्रचलित दाइजो प्रथाविरुद्धको कथामा बनेको फिल्मले मैथिली भाषामा फिल्म प्रदर्शन गर्न लागेको हो।
फागुन २६ बाट नेपालको प्रदेश नं १ र २ मा पर्ने तराईका जिल्लाहरुमा घुम्ती सिनेमा अभियान सञ्चालन गर्न लागिएको राज्जारानी मैथिली सिनेमा निर्मा टिमका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ को लोहजरा गाउँबाट सुरु हुने अभियानलाई १० जिल्लाका ६० स्थानमा सञ्चालन गरिनेछ। करिब ३ सय शो गरिने उक्त फिल्मले १ लाख २० हजार नागरिकलाई समेट्न सक्ने महतोले अनुमान गरे।
सामाजिक, सांस्कृतिक पक्षमा केन्द्रित फिल्मलाई नेपालका सबै दर्शकको पहुँचमा पुर्याएर समाजिक चेतनाको स्तरमा वृद्धि गर्ने लक्ष्य राखिएको शुक्रबार आयोजति पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
दर्शकले ५० रुपयाँको टिकट किनेर फिल्म हेर्न सक्नेछन्। फिल्मबाट उठेको समग्र रकम र मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा खर्च गरिने आयोजकको योजना छ।
फिल्ममा अभिनेता नाजिर हुसेन र केकी अधिकारी मुख्य भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।