काठमाडौं- वरिष्ठ गायक आनन्द कार्की ६ वर्षपछि पुन: नेपाली फिल्मको प्लेब्याक गायनमा फर्किएका छन्। कार्कीलाई नायक शिव श्रेष्ठले पुन: प्लेब्याक गायनमा ल्याउन लागेका हुन्।
नायक श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को शीर्ष गीत कार्कीले गाउँदै छन्। ‘बसन्तको फूल जस्तै’ बोलको गीतमा नायक श्रेष्ठ र नायिका प्रियंका कार्कीले अभियन गर्ने तय भएको छ। घनबहादुर थापाले लेखेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।
वनमा फुल्यो फूल, भाकेर बर पिपलु, म तिमीविना मरिहाल्छु नि जस्ता चर्चित गीत गाएका कार्की लामो समय फिल्मी प्लेब्याक गायनबाट टाढा रहेका थिए। पछिल्ला केही फिल्ममा स्वर दिए पनि शीर्ष गीत भने कार्कीले गाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।