नयाँ दिल्ली (एजेन्सी)- इन्टरनेट दुनियाँमा एकाएक चर्चा कमाएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई चिनाउन अहिले कुनै व्याख्या चाहिन्न। केवल २६ सेकेन्डको भिडियोले उनलाई रातारात सेलिब्रिटी बनाइदियो।
भारतको केरला त्रिशुर निवासी प्रियाको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। यसैबीच प्रियाको एक तस्बिर पछिल्लो समय भाइरल भएको छ। प्रियाले मंगलबार एक श्यामश्वेत तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्, जसले अहिलेसम्म ८ लाख ८० हजारभन्दा बढी लाइक पाइसकेको छ। तस्बिरमा ७ हजारभन्दा बढी कमेन्ट आएका छन्।
मलयालम भाषाको आफ्नो डेब्यू फिल्म 'ओरू अदार लभ' को गीतको भिडियोले इन्टरनेटमा सनसनी फैलाएसँगै उनी फिल्म रिलिज हुनुअगावै स्टार बनेकी थिइन्।
'मनिक्य मलाराया पूवी' बोलको गीतको भिडियोमा उनको आँखाको इशारामा देश-विदेश मग्न भएको थियो।
गत फेब्रुअरीको सुरुवातमा प्रियाले इन्स्टाग्राम चलाउन थालेकी थिइन्। उनको इन्स्टाग्राम पेज भेरिफाइ भएको २४ घन्टाभित्रै १५ लाखभन्दा बढीले फलो गरेका थिए। इन्स्टाग्राममा अहिलेसम्म १ सय १ तस्बिर सेयर गरिसकेकी प्रियाले ५१ लाखभन्दा बढी फलोअर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।