काठमाडौं–फिल्म ‘ब्ल्याक’को प्रमोसनल गीत सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी निर्माण युनिटले उक्त गीतको भिडियो सार्वजनिक गरेको हो।
सार्वजनिक ‘चंगा जस्तै’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ फिचरिङ छन्।
जेठ ११ बाट रिलिजको तयारीमा रहेको फिल्मको उक्त गीतमा प्रतीक पौडेलको संगीत र स्वर छ। गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
निर्देशक प्रदीप श्रेष्ठको निर्देशन गरेको फिल्ममा आकाशसहित अभिनेत्री आँचल शर्मा, आयुष रिजाल, सुशील क्षत्री, धीरेन शाक्य, प्रिया रिजाल लगायत कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।