नयाँ दिल्ली (एजेन्सी)– शाहरुख खान यतिबेला निर्देशक आनन्द एल रायको फिल्म 'जिरो' को सुटिङमा व्यस्त छन्। यस लगत्तै उनी 'डन ३'को सुटिङ थाल्ने तयारीमा छन्। 'डन' फिल्म आएको करिब ७ वर्षपछि शाहरुख फेरि अन्डरवर्ल्ड डनका रुपमा पर्दामा देखिँदै छन्।
'डन ३' मा शाहरुखको को-स्टारबारे विभिन्न चर्चा चलिरहेको छ। केही समयअघि शाहरुखका साथमा दीपिका पादुकोण वा प्रियंका चोपडा देखिने हल्ला बलिउड वृत्तमा आएका थिए। तर, फिल्ममा ती दुवै नदेखिने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समयको चर्चा अनुसार, 'डन ३'मा नयाँ अभिनेत्रीले स्थान पाउने भएकी छन्।
यसै क्रममा बलिउडका जानकार रमेश बालाले ट्विट गर्दै लेखेका छन्, 'फिल्ममा नयाँ अभिनेत्रीले लिडरोलको भूमिका निर्वाह गर्नेछिन्।' तर, उनले फिल्ममा कसले स्थान पाउनेछ भनेर नाम खुलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।