एजेन्सी– बलिउड फिल्ममा सन् २०१८ मा ५ महिला कलाकारले डेब्यु गर्दै छन्। डेब्यु गर्नेमा अभिनेता सैफ अली खान र अभिनेत्री श्रीदेवीकी जेठी छोरीसम्म छन्।
जाह्नवी कपुर

श्रीदेवीकी जेठी छोरी जाह्नवी सन् २०१८ मै फिल्ममा डेब्यु गर्दैछिन्। उनी धर्मा प्रोडक्सनको फिल्म ‘धडक’बाट डेब्यु गर्न लागेकी हुन्। फिल्ममा अभिनेता छन् इशान खटर। ‘धडक’ मराठी फिल्म ‘सैराठ’को हिन्दी रिमिक्स फिल्म हो। जसका निर्देशक हुन् शशांक खेतान।
सारा अली खान

सारा अभिनेता सैफ अली खानकी छोरी हुन्। उनको जन्म सैफकी जेठी श्रीमती अमृता सिंहको कोखबाट भएको थियो। सारा फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्।
फिल्मका निर्देशक र प्रोड्युसरको विवादका कारण सुटिङ भने हाल रोकिएको छ। साराको अर्को फिल्म ‘सिम्बा’ पनि यसै वर्ष आउने भएको छ।
मौनी राय

टेलिभिजन पर्दाकी चर्चित कलाकार मौनी राय पनि यस वर्ष बलिउड दुनियाँमा डेब्यु गर्दै छिन्। उनी अक्षय कुमारसँग ‘गोल्ड’बाट डेब्यु गर्न लागेकी हुन्। सन् १९४८ मा बेलायतमा भएको १४औं ओलम्पिकमा भारतले पहिलो ओलम्पिक पदक हात पारेको कथासँग फिल्म सम्बन्धित छ। फिल्म १५ अगस्टमा रिलिज हुनेछ।
बनिता सन्धु

वरुण धवनसँग फिल्म ‘अक्टोबर’बाट बनिताले डेब्यु गर्न लागेकी हुन्। सुजित सरकारले निर्देशन गरेको यो फिल्म १३ अप्रिलमा रिलिज हुनेछ। भारतको दिल्ली र हिमाञ्चल प्रदेशमा ३८ दिनमा फिल्मको सुटिङ सकिएको हो।
बनिता बेलायतमा बस्छिन्। उनी पहिलोपटक भोडाफोनको विज्ञापनमा पनि देखिएकी थिइन्। सोसल मिडिमामा समेत बनिता निकै सक्रिय छिन्।
वरीना हुसैन

वारीना मोडल हुन्। उनी सलमान खानको प्रोडक्सन रहेको फिल्म ‘लवरात्रि’बाट डेब्यु गर्न लागेकी हुन्। उनी सलमान खानका ज्वाइँ आयूष शर्मासँग देखा पर्दै छिन्। सलमानले ‘मुझे लड्की मिलगई’ भनेर ट्विट गरेका थिए। धेरैले सलमानले जीवनसाथी भेट्टाए भन्ने बुझेका थिए। तर लवरात्रि फिल्मका लागि अभिनेत्री वारीनालाई भेटेपछि सो ट्विट गरेका थिए।
वारीनाले क्याडबरी चकलेट लगायत धेरै विज्ञापनमा खेलिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।