• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'लजालु' वर्षाको चाहना- गहिरो प्रेमभावमा डुबेको चरित्रमा जमेर अभिनय गर्ने

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  ०१:१५
1140x725

काठमाडौं– गुम्म परेको कोठामा एक युवती कुर्सीमा डोरीले बाँधिएकी छन्। जमिनदारकी छोरी उनी अपहरणमा परेपछि जीवनरक्षाका लागि विलौना गरिरहेकी छन्। यस्तो अवस्थामा भेटिने युवती थिइन्, अभिनेत्री वर्षा शिवाकोटी। 

वनस्थलीस्थित फिल्म विकास कम्पनी परिसरमा उनी आफ्नो नयाँ फिल्म ‘जय शम्भु’ को सुटिङमा व्यस्त थिइन्। अभिनेता अनुप विक्रम शाही, द्वन्द्व निर्देशक श्री श्रेष्ठ लगायतको फिल्म युनिटका साथ व्यस्त उनले द्वन्द्वको दृश्य छायांकनका क्रममा एक कलाकार दुर्घटनामा परेपछि केही समय विश्राम पाइन्। यही खाली समय वर्षाले हाम्रा लागि छुट्याइन्। 

बाल्यकालमा वर्षाले कलाकार बन्ने सपना कहिल्यै देखेकी थिइनन्। बरु कुनै समय बैंकको अफिसर बन्नकै लागि बिबिए अध्ययन गरेकी थिइन्। तर, संयोगले उनी आज फिल्म क्षेत्रमा छाइरहेकी छिन्। 

उनलाई लाग्छ, आफ्नो सपना र योजनामा कलाकारिता नरहे पनि रगतमा भने कलाकारिता रहेछ। 

वर्षाले ‘नाइँ नभन्नु ल २’ बाट फिल्मी करिअर सुरु गरेकी हुन्। अभिनय गरिरहे पनि उनी दर्शकमाझ खासै नोटिस भइरहेकी थिइनन्। यसै क्रममा उनीसामु फिल्म ‘पशुपतिप्रसाद’ आइपुग्यो। फिल्ममा उनी बोल्न नसक्ने पात्रको भूमिकामा थिइन्। त्यो मौन अभिनयको जादु यस्तो चल्यो, वर्षा सबैको नजरमा परिन्।  

अन्तर्मुखी स्वभावकी वर्षालाई फिल्ममा चञ्चल र बोलक्कड रुपमा देख्दा उनलाई चिन्नेहरु चकित पर्ने गर्छन्। उनी बाल्यकालको आफू सम्झिन्छिन्, ‘बन्द कोठामा मेकअप गरेर नाच्ने, गाउने र अभिनय गरे जस्तो गरेर बस्थेँ। कोठामा कोही आइहाल्यो भने हत्तपत्त सामान्य अवस्थामा फर्किहाल्थेँ।’ 

जीवनमा कतिपय मसिना कुराले ठूलो अर्थ राख्छ। वर्षालाई पनि स्कुले बेलाको एउटा प्रसंगले जीवनकै फरक पारेको छ। विद्यालयको सामान्य कार्यक्रममा उनले अभिनय कला देखाउँदा त्यही नै उनको जीवनमा टर्निङ प्वाइन्ट बनिदियो। त्यसकै आधारमा उनले फिल्मको अफर पाइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि बजारको हल्लाका आधारमा राम्रो छ भन्ने सुनेर बेलाबेला नेपाली फिल्म हेर्ने गरेकी वर्षा अकस्मात् आफ्नै लागि अभिनयको अफर आउँदा आश्चर्यमा परेकी थिइन्। उनले रोमाञ्चित भावमा त्यो बेलाको अनुभूति सुनाइन्, ‘मैले फिल्ममा कुनै दिन अभिनय गरुँला भनेर चिताएकै थिइनँ। चिट्ठा परे जस्तै लागेको थियो।’ 

अभिनयको संसारमा आउँदा ‘नाइँ नभन्नु ल २’ वर्षाको लागि पहिलो परीक्षा थियो। तर, त्यसबेला उनले यसलाई चुनौतीभन्दा पनि अवसरका रुपमा लिइन्। आफूले फिल्म र टेलिभिजनका पर्दामा हेर्दै आएका सरोज खनाल, प्रियंका कार्की, सुरजसिंह ठकुरी लगायका कलाकारसँगको सहकार्य नै ठूलो सम्झेर अभिनयका लागि तयार भइन्। 

फिल्म नगरीमा नयाँ अभिनेत्रीलाई अनावश्यक दुःख दिने, शोषण गरिने जस्ता धेरै कुरा वर्षाले सुनेकी थिइन्। तर, उनले आफ्नो यात्रामा त्यस्तो कुनै नकारात्मक अनुभवको सामना गर्नुपरेन। उनले अहिलेसम्म ७ वटा फिल्ममा अभिनय गरिसकेकी छन्। 

वर्षाले अभिनय गरेका फिल्ममध्ये ‘पशुपतिप्रसाद’ले उनको परिचयलाई दर्शकमाझ जति विस्तार गर्‍यो, त्यति नै उनलाई सन्तुष्टि दियो ‘कारखाना’मा गरेको अभिनयले। नारीप्रधान सो फिल्ममा उनी मुख्य भूमिकामा थिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम बोल्ने र हत्तपत्त मान्छेहरुसँग घुलमिल भइनहाल्ने आफ्नो स्वभाव जस्तै वर्षा ‘नाइँ नभन्नु ल २’ र ‘पशुपतिप्रसाद’मा निर्दोष चरित्रमा देखिइन्। ‘लप्पन छप्पन’मा भने ग्याङ्स्टर भूमिकामा आइन्। अर्को फिल्म ‘सुब्बा साब’मा पनि उनले नकारात्मक भूमिकामा काम गरिन्। आउन लागेको ‘भैरे’मा कमेडियनको रोलमा देखिने उनले सुनाइन्। 

अहिले सुटिङ भइरहेको ‘जय शम्भु’ लगत्तै ३–४ वटा प्रोजेक्टमा व्यस्त रहने उनको समयतालिका बनिसकेको छ।

वर्षा अभिनय, सफलता र व्यापारिक सफलतालाई फरक–फरक कोणबाट हेर्छिन्।  अहिलेसम्म काम गरेका फिल्महरुमध्ये केही व्यापारिक रुपमा असफल भए पनि क्यारेक्टर सफल भएकोमा उनी खुसी छन्। 

हिरोइन भन्नेबित्तिकै अभिनयसँगै नृत्यको कुरा पनि आइहाल्छ। उनी नृत्यकलाबाटै अभिनयमा प्रवेश गरेको भए पनि पारंगत नृत्यांगना भने होइनन्। आजसम्म नृत्य तथा अभिनयको कुनै तालिम लिएकी छैनन्। विद्यालय स्तरमा सिकेको नृत्यकलाले नै करिअरमा भरथेग गरिरहेको छ। 

सिकाइको कुरा गर्दा यसलाई उनले काम र लगनसँग जोडिन्, ‘अभिनय यात्रामा म सिक्ने क्रममै छु। जति बुझ्दै गइन्छ, त्यति नै त्यसप्रति झुकाव पनि बढ्दै जाने रहेछ। अहिले मलाई दर्शकसामु अझ राम्रो काम गरेर देखाउने रहर बढ्दै गएको छ।’ 

अभिनयलाई नै जीवन बनाएर अघि बढिरहँदा वर्षाको ड्रिम रोल कस्तो छ त?

उनी यसमा प्रस्ट छिन्, गहिरो प्रेमभावमा डुबेको चरित्रमा जमेर काम गर्ने। त्यस्तो प्रोजेक्टको पर्खाइमा छिन्।

उनका अनुसार, अभिनय यात्रामा अहिले उनीसँग जोस र जाँगर छ। केही वर्ष काममै लिप्त भएर रमाउने योजनामा रहेकी उनी अहिले अभिनय बाहेकको विकल्प सोच्नै नसक्ने बताउँछिन्। 

भन्छिन्, ‘कुनै बेला उच्च अध्ययन र अभिनयको दुई बाटोमा रहँदा के गर्ने भनेर मसँग निर्णय गर्ने क्षमता नै थिएन। पछिल्लो समय चाहिँ फिल्म क्षेत्र केही सुधारोन्मुख हुनुका साथै दर्शकको माया र हौसलाले पनि हुन सक्छ, अभिनय बाहेक मसँग कुनै विकल्प नै छैन।’

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्