काठमाडौं– प्रदर्शनको संघारमा रहेको फिल्म 'मंगलम'ले आफ्नो प्रमोसनल गीतको सफलताको खुसीयाली मनाएको छ।
फागुन २५ बाट रिलिज हुन लागेको फिल्मले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको सफलताको खुसी साटेको हो।
फिल्मको प्रमोसनल गीतले युट्युबमा १ करोडभन्दा बढी भ्युज पाएपछि एकसाथ पत्रकार भेटघाट र सेलिब्रेसन कार्यक्रम गरेको निर्माता छविराज ओझाले बताए।
बुद्धनगरस्थित एक क्याफेमा आयोजित कार्यक्रममा फिल्मका कलाकारहरु नीर शाह, मिथिला शर्मा, पुष्प खड्का, पृथ्वीराज प्रसाई, शिल्पा पोख्रेल, निर्माता ओझा, गीतका संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका विन्दु परियार लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।