एजेन्सी– भारतीय चर्चित अभिनेत्री श्रीदेवीको जीवनमा आधारित डकुमेन्ट्री बन्ने भएको छ। श्रीमतीको मृत्युपछि उनको इच्छा पूरा गर्न डकुमेन्ट्री बनाउने पति बोनी कपुरले घोषणा गरेका छन्। यो आफ्नो चाहानभन्दा पनि श्रीदेवीकै चाहान भएको बोनीले बताएका छन्।
डकुमेन्ट्रीमा श्रीदेवीको यथार्थ जीवनमा लिएका फुटेजहरुको प्रयोग गरिनेछ। जसमा विभिन्न कार्यक्रममा लिएका भिडियो तथा अन्य संग्रहित फुटेजहरुको प्रयोग गरिनेछ।
बोनीले उक्त डकुमेन्ट्री बनाउने कार्यभार आफ्ना साथी शेखर कपुरलाई सुम्पिसकेका छन्। श्रीदेवीका नाममा यस्तो एक नयाँ डकुमेन्ट्री बन्नुलाई उनका दुःखी फ्यानहरुका लागि उपहार हुने भारतीय सामाचारहरुमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।