काठमाडौं– मह सञ्चारको ब्यानरमा बनेको फिल्म 'शत्रु गते' यतिबेला मोफसलको प्रचार यात्रामा व्यवस्त छ।
चैत्र ९ गतेको प्रदर्शन मिति तय गरेको फिल्मका कलाकारहरु प्रचार दौडमा छन्। कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरु पौड्याल, पल शाह, आँचल शर्मा, जुनु रिजाल काफ्ले लगायतको टोली बुधबारबाट मोफसल यात्रामा निस्किएको हो।
मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले सुरु यात्राको योजना बनेको कलाका किरण केसीले बताए। ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको प्रचारात्मक कार्यक्रम फागुन ३० मा सकिनेछ।
शत्रुगतेको मोफसल यात्रा फागुन २३ गते हेटौंडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ।
किरण केसीको प्रस्तुतीमा तयार फिल्मलाई हरिवंश आर्चायले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।