काठमाडौं– फिल्म 'प्रेम गीत १ र २' बाट दर्शकको मन जित्न सफल नायक प्रदीप खड्काको नयाँ फिल्म 'लिलिबिली'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरअघि नै फिल्मका दुई गीत सार्वजनिक भइसकेका छन्।
नेपाल, लण्डन, टर्कीको स्तानबुल लगायतका स्थानमा फिल्मको छायांकन गरिएको हो। फिल्ममा प्रदीप भट्टराई, अभिनेत्री प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकार छन्।
प्रेम, विछोडसँगै एक्सनलाई जोड दिएको फिल्ममा प्रियंका कार्कीको दृश्यलाई भने एक सटमात्र समावेश गरिएको छ।
फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।