नयाँ दिल्ली (एजेन्सी)- केटरिना कैफ पछिल्ला दिनहरुमा शाहरुख खानसँग नयाँ फिल्म 'जिरो' को सुटिङमा निकै व्यस्त छिन्।
फिल्ममा उनीसँगै अनुष्का शर्मा पनि अभिनय गर्दै छिन्। शाहरुख खान सानो कद भएको चरित्रमा देखिनेछन्। फिल्मको निर्देशन 'तनु वेड्स मनु' बाट चर्चामा आएका आनन्द एल रायले गर्दै छन्।
फिल्मको सुटिङ धमाधम भइरहँदा केटरिनाले 'जिरो' को सेटबाट एउटा तस्बिर सार्वजनिक गरेकी छिन्। इन्स्टाग्राम एकाउन्टमा सेयर गरिएको तस्बिरमा उनी सुन्दर देखिएकी छिन्।
तस्बिरमा उनले निधारमा शिरबन्दी सजाएकी छिन् भने नत्थी पनि लगाएकी छिन्। 'जिरो' यस वर्ष डिसेम्बरमा प्रदर्शनमा आउनेछ।
शाहरुखका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै जादू देखाउन नसकेर उनलाई हिट फिल्मको खाँचो भइरहँदा 'जिरो' आउन लागेको छ। शाहरुखको सानो कदको विचित्र हुलियाले उनका प्रशंसक र दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।