काठमाडौं- छैटौं मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव बुधबारदेखि काठमाडौंमा हुने भएको छ।
चार दिनसम्म चल्ने महोत्सवमा मानव अधिकारका विषयमा बनेका ३० देशका ७१ भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजना गरिएको महोत्सवको यस पटकको थिम 'महिला सशक्तिकरण' रहेको आयोजक ह्मुमन राइट्स फिल्म सेन्टरले जनाएको छ।
पर्यटन बोर्ड भृकुटीमण्डपमा चल्ने महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
महोत्सवमा नेपालका साथै भारत, बंगलादेश, भुटान, इन्डोनेसिया, अमेरिका, बेलायत, जापान, पोल्यान्ड, दक्षिण अफ्रिका, यमन, इरान लगायत देशका फिल्महरु देखाइनेछन्।
'नेपाली फिल्ममा महिलाको चित्रण' र 'संघीय नेपालमा समकालीन मानव अधिकारको मुद्दा' विषयक दुई वटा अन्तर्क्रिया कार्यक्रम पनि महोत्सवमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।