काठमाडौं– ‘ब्युटिसियन नेपाल २०१८’ को उपाधि शिलास्मा मल्लले हात पारेकी छिन्।
आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको प्रतियोगिताको चौथो संस्करणमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।
प्रतियोगितामा फस्ट रनरअप सविना चित्रकार र सेकेन्ड रनरअप बिना श्रेष्ठ घोषित भए। ब्युटिसियन पेशामा आबद्ध तथा यो पेशामा भविष्य बनाउन चाहने युवतीहरुको प्रतिभामा निखार ल्याउन अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा मिसेस पब्लिक च्वाइस अवार्ड र बेस्ट ट्यालेन्ट अवार्ड समेत प्रदान गरियो। उक्त दुवै अवार्ड अनलाइन भोटिङका आधारमा शिलास्माले नै पाइन्।
अन्य अवार्डमा बेस्ट पर्सानालिटी मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतीक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पन्चुअलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सुनिता पोखरेल, मस्ट स्मार्ट सविना चित्रकार, मस्ट चार्मिङ सम्झना शेर्पा, मस्ट एक्टिभ लिना खेबाङ सुब्बा, मस्ट स्टाइलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात पारे।
सञ्चारकर्मी, मोडेल तथा कोरियोग्राफर कला सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका निर्णायकहरुमा मिस नेपाल २००० उषा खड्गी, नायक दिक्पाल कार्की, डा रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ विजेता गोमा अधिकारी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।