काठमाडौं- गत साता कारोबारको अन्तिम दिन १ हजार १ सय २० दशमलव ६० अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस सातामा कारोबारको अन्तिम दिन भने १ हजार १ सय १२ दशमलव ७९ अंकमा कायम भएको छ।
बिहीबारको कारोबारमा परिसूचक ४ दशमलव ६७ अंकले घटेर सो बिन्दुमा आईपुगेको हो।
बिहीबार १ सय ६६ वटा कम्पनीको १२ लाख ७१ हजार कित्ता ४ हजार ५ सय ४१ पटक खदिरबिक्री हुँदा २४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार जीवन बिमा समूहको उपसूचक १८ दशमलव १२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक २८ दशमलव ५८ अंकले घटेको छ। कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको ३ करोड ३५ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।