• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय पुन:स्थापना नहुँदा बढ्याे तस्करी

64x64
दिनेश शर्मा शुक्रबार, मंसिर १३, २०७६  १०:४१
1140x725

राजविराज- माओवादी द्वन्द्वकालमा विस्थापित सप्तरीका तीनवटा छोटी भन्सार कार्यालय अहिलेसम्म पुन:स्थापना नहुँदा सीमा क्षेत्रमा तस्करी बढेको छ।

भारतीय सीमावर्ती क्षेत्रका ६ वटा छोटी भन्सारमध्ये गोविन्दपुर, पातो र मौवाहावेल्ही मात्र सञ्चालनमा छन्। हनुमाननगर, बनैनियाँ तथा स्वर्णपट्टी छोटी भन्सार कार्यालय अहिलेसम्म पुन:स्थापना हुन सकेका छैनन्। नेपालतर्फ छाेटी भन्सार रहेका नाकामा भारतीय क्षेत्रमा भन्सार कार्यालय नरहेका कारण नेपालतर्फका कार्यालय पनि पुन:स्थापित हुन नसकेको हुन्।

छाेटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा मालसामानको अवैध कारोबार बढेको छ। नेपाल-भारत सीमा क्षेत्रको करिब ७८ किलोमिटर दूरीमा तस्करहरुले ठाउँ-ठाउँमा नयाँ नाका समेत तयार गरेको स्थानीयवासीहरु बताउँछन्। तस्करी बढेपछि राजस्व संकलनसमेत प्रभावित भएको राजविराज भन्सार कार्यालयका प्रमुख अभिषेक कण्ठ बताउँछन्।

विशेषगरी कपडा, मोटर पार्टस्, खाद्यान्न, जुत्ताचप्पल, श्रृंगार, विद्युतीय सामान, तरकारी र घरायसी सामान भारतीय क्षेत्रबाट नेपाल आयात हुने गरेको छ। यसैगरी, नेपालबाट पनि भारतीय क्षेत्रमा सामान तस्करी हुने गरेको छ। चिनियाँ स्याउ, हरियो मटर, मरिच, सुपारी र मदिरा भारत निर्यात हुने गरेको पाइएको छ।

भन्सार नरहेका स्थानबाट भन्सार छलेर सामानको आयात-निर्यात बढेको राजविराज भन्सार कार्यालयले जनाएको छ। भारतको कुनौली, अन्धरामण्ठ, वीरपुर, महादेवमण्ठ, भुताहा, लौकाहा, लौकही, नियौर लगायतका स्थानबाट ल्याएको सामान राजविराजलगायत सप्तरीका मुख्य बजारहरु तथा उदयपुरको वेल्टार, हडिया र रामपुरसम्म पुग्ने गरेको छ।

Ncell 2
Ncell 2

सप्तरीको बोदेबर्साइनलगायत आसपासका अधिकांश हाट बजारमा भारतीय बजारबाटै सामान आयात गरी बिक्री वितरण हुने गरेको स्थानीयहरु बताउँछन्। स्वर्णपट्टी नाका भएर कतिपय भारतीय व्यापारी नै नेपालका हाट बजारमा सामान बिक्री गर्न आउने गरेको स्थानीय वैद्यनाथ यादवले बताए। ‘कतिपय नेपाली व्यापारीले पनि उतैबाट सामान ल्याएर बिक्री गर्छन्,’ उनले भने, ‘रोक्ने-छेक्ने कोही नभएपछि जसो गरे पनि भएको छ।’

भारतको बिहार राज्यमा मदिराको बिक्री-वितरण भएपछि नेपालतर्फ खुलेका दर्जनौं मदिरा पसलका कारण पनि तस्करी बढेको स्थानीयहरुको भनाइ छ। साँझदेखि रातिसम्म मदिरा सेवन गर्ने र सुनसान भएपछि मदिरासहित अन्य सामान ओसारपसार गर्ने गरिएको रञ्जीतकुमार साह बताउँछन्। नेपालबाट भारत भित्र्याएपछि उक्त मदिरा दोब्बर मूल्यमा बिक्री हुने गरेका कारण मदिराको तस्करी निकै मौलाएको उनको भनाइ छ।

भन्सार नाका छेउ रहेको सप्तरीको देउरी निवासी रामनारायण साहका अनुसार नाकामा भन्सार तथा सुरक्षाकर्मी समेत नरहेका कारण लागूऔषधको कारोबार बढ्नुका साथै मदिरा सेवन गरेर हो हल्ला झै-झगडाका घटना बढ्ने गरेका छन्। देउरीमा रहेको प्रहरी चौकीलाई नाकामा गस्ती बढाउन आग्रह गरिए पनि वास्ता नगरेको उनकाे गुनासो छ।

राजविराज भन्सार कार्यालयका प्रमुख कण्ठले सीमा नाकामा छोटी भन्सार नरहेका कारणले राजस्व संकलनमा प्रभाव परेको स्वीकार्दै गत आर्थिक वर्षमा पनि लक्ष्यको ९२ प्रतिशत मात्र राजस्व संकलन भएको जानकारी दिए। कार्यालयले आव ०७५/०७६ मा ८ करोड ६९ लाख ३७ हजार रुपैयाँ लक्ष्य पाएकोमा ७ करोड ९७ लाख २८ हजार १५ रुपैयाँ असुली गरेको थियो। 

चोरी निकासीमा कडाइ गर्ने प्रयास गरे पनि अवैध आयात-निर्यात रोक्न नसकिएको कण्ठले बताए। उनले खाली रहेका स्थानमा छोटी भन्सार स्थापनाका लागि पहल भइरहेको बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्