मोहम्मद शरीफ र शाहीन जाफरी श्रीमान्-श्रीमती, दुवै जनाले संस्कृत पढाउ छन्।
एजेन्सी- काशी हिन्दू विश्वविद्यालय बिएचयूमा संस्कृत पढाउन नियुक्त भएका डा फिरोज खानका विषयमा विवाद चलिरहेको छ। विवादमा परेका संस्कृत पढाउने उनी एक्ला शिक्षक होइन्। संस्कृत पढाउन नियुक्त भएका अन्य शिक्षकका बारेमा पनि विवाद कायम छ।
भारतका विभिन्न विश्वविद्यालयमा यस्तो विवाद चलिरहेको छ। अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रोफेसर मोहम्मद शरीफले विगत करिब ढाइ दशकदेखि संस्कृत पढाउँदै आइरहेका छन्। उनले पढाएका केही मुस्लिम छात्रले पनि पिएचडी गरेर संस्कृत नै पढाइ रहेका छन्। उनकी श्रीमती डा शाहीन जाफरीले पनि आजमगढको शिबली नेशनल कलेजमा संस्कृत विभागमा सहयोगी प्राध्यापकको रुपमा काम गरिरहेकी छन्।
अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रो मोहम्मद शरीफ
बिबिसीसँगको कुराकानीका क्रममा प्रो शरीफले भने, ‘अलीगढ मुस्लिम विश्वविद्यालयमा मैले त्यतिबेलादेखि संस्कृत पढाइ रहेको छु, जतिबेला यो मुस्लिम एंग्लो ओरिन्टियल कलेजका रुपमा थियो। त्यो समयमा अन्य भाषा पढ्ने विद्यार्थीलाई एक रुपैयाँ छात्रवृत्ति मिल्थ्यो भने संस्कृत भाषा पढ्नेका लागि दुई रुपैयाँ छात्रवृत्ति प्राप्त हुन्थ्यो। यो यसकारण फरक थियो कि मुस्लिम छात्र पनि संस्कृत भाषातर्फ आकर्षित हुन्।’ प्रो शरीफका अनुसार एएमयूमा तल्कालीन अवस्थामा संस्कृत विभागमा कूल ९ जना प्राध्यापक थिए। त्यसमध्ये दुईजना मुस्लिम प्रोफेसर थिए।
प्रो शरीफले आफै पुराण, वेद, उपनिषद, व्याकरणलगायत आधुनिक संस्कृत पढाउ थे। शरीफ भन्छन्, ‘धेरै जसो छात्र हिन्दू नै छन्। तर केही मुस्लिम छात्र पनि छन्।’ उनले अहिलेसम्म १५ छात्रले पिएचडी गरेको जानकारी दिए। जसमा ४ जना मुस्लिम छात्र छन्। उनले भने,‘अहिले पनि ८ जनाले पिएचडी गर्दै छन्। जसमा दुईजना मुस्लिम छन्।’
अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभाग
प्रोफेसर मोहम्मद शरीफले इलाहाबाद विश्वविद्यालयमा पढेका हुन्। उक्त विश्वविद्यालयमा डा नसरीन संस्कृत पढाउ थिन्। उनी विभागको अध्यक्ष समेत थिइन्। डा नसरीनको निधन भइसकेको छ।
शरीफका अनुसार उनको घरमा संस्कृत पढ्ने वातावरण थिएन। तर, उनको रुची भने संस्कृतमै थियो। ‘म मुसलमान भएकै कारण संस्कृत पढ्न र पढाउँन कुनै समस्या र दुःख भने परेन,’ उनले भने, ‘इलाहाबाद विश्वविद्यालयमा गरूहरूको पनि प्रियपात्र थिए र विद्याथीहरूले पनि आदर नै गर्छन्।’ डा शरीफले सन् १९९२ मा इलाहाबाद विश्वविद्यालयबाट डिग्रीको उपाधिसमेत प्राप्त गरेका छन्। संस्कृतमा डिग्री गर्नेमा आफू पहिलो भएको उनको दाबी छ।
अलीगढ मुस्लिम विश्वविद्यालय संस्कृत विभागका अध्यक्ष प्रो मोहम्मद शरीफ
डा शरीफकी श्रीमती शाहीन जाफरीले आजमगढको शिबली डिग्री कलेजमा संस्कृत नै पढाउँछिन्। डा शाहीनले पनि इलाहाबाद विश्वविद्यालयबाटै संस्कृत पढेकी हुन्। डा शाहीन भन्छिन्, ‘मेरो परिवार शिक्षित थियो। मेरा पिता पनि धार्मिक क्षेत्रका जानकार हुनुहुन्थ्यो। मेरी ठूली दिदीले अर्थशास्त्रमा एमए गर्नु भएको थियो। जसका कारण मलाई अर्थशास्त्र पढ्न दबाब थियो। तर, जब मैले संस्कृतमा एमए गर्ने कुरा गरे परिवारमा खलवली मच्चियो। बुबाले यतिसम्म भन्नुभयो कि अब यो संस्कृत पढेर पण्डित बन्छे।’
डा शाहीनका अनुसार उनी र उनका पति कुरान पढ्छन्। तर, घरमा गीता, रामायण, महाभारत, पुराण, वेदलगायत धर्मशास्त्रका किताबहरु पनि छन्। र, यी पुस्तकहरू उनीहरूले पढिसकेका छन्।
संस्कृत पढाउँदै एक प्राध्यापक
शाहीनले आफूलाई सौभाग्यशाली ठान्छिन्। किन कि उनले संस्कृत पढेकी छन् र पढाउ छिन् पनि। उनले भनिन्, ‘संस्कृत ग्रन्थमा जुन ज्ञान छ। जुन खजना छ। त्यो सायदै अन्य भाषामा होला? आजभोलि संस्कृत भाषालाई मृत भाषा भन्ने गर्छन्। तर मेरो विचारमा सबैभन्दा धेरै जीवन्त भाषा नै संस्कृत भाषा हो।’
उनले पढाउने कलेजमा प्रबन्धक अल्पसंख्यकबाट छन् भने प्राध्यापक मुस्लिमबाट छन्। उनलाई कुनै गाह्रो छैन। उनले मुस्लिम भएर पनि संस्कृत पढाइ रहेकी छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतबाट सम्मान ग्रहण गर्दै फिराेज खान
भाषालाई धर्मसँग जोड्न नहुने डा शाहीन बताउँछिन्। उनी भन्छिन्, ‘फिरोज खानको नियुक्तिमा मुस्लिम भएकै कारण विरोध गर्नु उचित होइन। पहिले छात्रहरूले उनीबाट पढ्नु पर्छ र अनि मात्र यसको मूल्यांकन गर्नुपर्छ। एक मुस्लिम व्यक्तिमा यसको विद्वत्ता छ कि छैन। हिन्दू शिक्षकले जस्तो संस्कृत पढाउन सक्छ कि सक्दैन?’
यस घटनाका बारेमा उनका पति एएमयू संस्कृत विभागका प्रमुख प्रो शरीफका अनुसार फिरोजको नियुक्ति पूर्व बिएचयूको विधानले के भनेको छ त्यो पनि हेर्नुपर्छ। उनले भने, 'बिएचयूको धर्म संकाय विभागमा शिलापत्रमा लेखिएको छ, कर्मकाण्ड केवल हिन्दू धर्मका शिक्षकले पढाउँछन्। मेरो व्यक्तिगत राय पनि यही छ। कर्मकाण्ड पढाउनका लागि उही धर्मका व्यक्ति हुनु पर्छ। आखिर कसरी एक मुस्लिमले कर्मकाण्ड सिकाउन सक्छ भनेर आश गर्न सकिन्छ? यो विवादको समाधान उनलाई अर्को विषय पढाउन दिएर पनि निकाल्न सकिन्थ्यो।’
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।