• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो

64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०८२  ०८:५१
1140x725

एजेन्सी– इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ।

अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरेको छैन। बरू उसले अमेरिकी मानवअधिकारवादी समूहले सार्वजनिक गरेको विवरणमा सत्यता नभएको बताएको छ।

सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ।

यसमा अमेरिकाको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शन सुरू भएपछि आफू प्रदर्शनकारीको पक्षमा रहेको बताएका थिए। त्यति मात्रै होइन प्रदर्शनकारीमाथि गोली चलाए त्यसमा अमेरिकाले प्रदर्शनकारीको सुरक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।

पछि उनले प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। यसले प्रदर्शनकारीहरूलाई बल दिएको र प्रदर्शन झन् तीव्र बनेको भनेर रोयटर्सले लेखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

इरानले उक्त मामिला आफ्नो आन्तरिक मामिला भएको बताउँदै हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीहरूलाई आतंककारीको संज्ञा दिँदै परिस्थिति नियन्त्रणमा लिनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका थिए।

राष्ट्रपति ट्रम्पले इरानको परिस्थितिमा अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भनेर आफ्ना वरिष्ठ सैन्य अधिकारीहरूसँग ब्रिफिङ समेत लिएका थिए।

यसमा चार वटा विकल्पमा छलफल भएको रोयटर्सले जनाएको छ। पहिलो सैन्य कारबाही।

अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठायो। कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पुर्‍याएको थियो।

ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ। इरानले इसराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ। केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन्।

दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ।

ट्रम्पले कुनै पनि विकल्पमा निर्णय गरिसकेका छैनन्। 'यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,' ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन्।

अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ।

इरानभित्रै अमेरिका र इसराइलको विरोधमा सोमबार शान्तिपूर्ण र्‍याली आह्वान भएको छ।

इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो। प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ।

यसले सूचनाको प्रवाह कठिन बनेको छ।  ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्