• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो

64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०८२  ०८:५१
1140x725

एजेन्सी– इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ।

अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरेको छैन। बरू उसले अमेरिकी मानवअधिकारवादी समूहले सार्वजनिक गरेको विवरणमा सत्यता नभएको बताएको छ।

सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ।

यसमा अमेरिकाको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शन सुरू भएपछि आफू प्रदर्शनकारीको पक्षमा रहेको बताएका थिए। त्यति मात्रै होइन प्रदर्शनकारीमाथि गोली चलाए त्यसमा अमेरिकाले प्रदर्शनकारीको सुरक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।

पछि उनले प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। यसले प्रदर्शनकारीहरूलाई बल दिएको र प्रदर्शन झन् तीव्र बनेको भनेर रोयटर्सले लेखेको छ।

Ncell 2
Ncell 2

इरानले उक्त मामिला आफ्नो आन्तरिक मामिला भएको बताउँदै हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीहरूलाई आतंककारीको संज्ञा दिँदै परिस्थिति नियन्त्रणमा लिनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका थिए।

राष्ट्रपति ट्रम्पले इरानको परिस्थितिमा अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भनेर आफ्ना वरिष्ठ सैन्य अधिकारीहरूसँग ब्रिफिङ समेत लिएका थिए।

यसमा चार वटा विकल्पमा छलफल भएको रोयटर्सले जनाएको छ। पहिलो सैन्य कारबाही।

अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठायो। कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पुर्‍याएको थियो।

ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ। इरानले इसराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ। केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन्।

दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ।

ट्रम्पले कुनै पनि विकल्पमा निर्णय गरिसकेका छैनन्। 'यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,' ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन्।

अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ।

इरानभित्रै अमेरिका र इसराइलको विरोधमा सोमबार शान्तिपूर्ण र्‍याली आह्वान भएको छ।

इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो। प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ।

यसले सूचनाको प्रवाह कठिन बनेको छ।  ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार दिनेश सिटौलाको निधन
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ
सम्बन्धित सामग्री
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्ब... आइतबार, माघ १८, २०८२
इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु हमासद्वारा सञ्चालित नागरिक रक्षा निकायका अनुसार मारिनेमा महिला र बालबालिका पनि छन् । आइतबार, माघ १८, २०८२
बलुचिस्तानमा सेनाको कारबाही, कम्तिमा ५८ विद्रोहीको मृत्यु यसअघि प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले १२ स्थानमा संयोजित रूपमा आक्रमणको प्रयास भएको र त्यसलाई विफल तुल्याउन सेनाले कारबाही थाल... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्