तेहरान– इरानमा सरकारविरुद्ध जारी प्रदर्शनमा सरकारी कारबाहीमा हजारौं नागरिक मारिएको आशंका गरिएको छ । बीबीसी फारसीका अनुसार कम्तिमा पनि दुई हजारभन्दा बढी प्रदर्शनकारी इस्लामिक फोर्सेसको कारबाहीमा मारिएका हुन् ।
बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको थियो । तर यसपटक जे भइरहेको छ, त्यो विल्कुल फरक छ ।’
रोयटर्सले एक इरानी सुरक्षा अधिकारीलाई उदृत गर्दै मर्नेको संख्या २ हजारभन्दा बढी रहेको उल्लेख गरेको छ । यसैबीच संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले जेनेभामा एक सम्मेलनमा भने, ‘रिपोर्ट्सअनुसार प्रदर्शनका क्रममा सयौं मारिएका छन् र हजारौं पक्राउ परेका छन् ।
उनले थप भने, ‘यो तथ्यांक राष्ट्र संघको स्रोतमा आधारित छ र यो विश्वासयोग्य स्रोत हो ।’ हिजो मात्रै एक मानवअधिकार समूहले करिब ६५० भन्दा बढी प्रदर्शनकारी मारिएको र हजारौं घाइते भएको बताएको थियो ।
इरानमा प्रदर्शनका क्रममा कति मारिए भन्ने एकिन गर्न कठिन छ । इरानले अन्तर्राष्ट्रिय न्यूज संगठनहरुलाई रोक लगाएको छ भने पछिल्लो पाँच दिनयता देशभर इन्टरनेट पनि बन्द गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।