एजेन्सी– किक २ मा सलमान खानसँग ज्याक्लिन फर्नाडिस नै देखिने भएकी छिन्। किक २ मा आफू सलमान खानसँग देखिने कुरा ज्याक्लिनले नै खुलाएकी हुन्। उनले एक कार्यक्रममा पत्रकारको प्रश्नमा किक २ मा पनि आफूले अभिनय गर्ने बताएकी थिइन्।
'किक'मा सलमान र ज्याक्लिनले नै अभिनय गरेका थिए। केही समयअघि किक २ मा ज्याक्लिन सलमानका साथ नदेखिने भन्ने चर्चा आए पनि फिल्मका निर्माता साजिद नाडियाडवालाले एक कार्यक्रममा उक्त कुराको खण्डन गरेका थिए।
नाडियाडवालाको उक्त खण्डनसँगै ज्याक्लिनको किक २ मा सलमानसँगको स्क्रिन सेयर पक्का भएको स्रोतले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।