काठमाडौं– नेपाललगायत विश्वका अधिकांश राष्ट्रहरुमा पछिल्लो समय पेचिलो बन्दै गएको मुद्दा हो ‘पहिचान’। आफ्नो पहिचान तथा अस्तित्वलाई माथि देखाउन धेरैले अरुको स्वामित्व तथा अधिकारमाथि प्रश्न उठाइरहेका हुन्छन्।
यहि सन्दर्भ नेपाल, भारत तथा अन्य देशहरुमाजस्तै मेक्सिकोको पछिल्लो अवस्थासम्म मेल खान जान्छ।
साेहि विषयवस्तुमा आधारित चलचित्र ‘द सेप अफ वाटर’ आज अमेरिकामा सम्पन्न ९०औँ एकेडेमी अवार्डमा सर्वोत्कृष्ट ठहरिएको छ। कुल १३ विधामा मनोनयनमा परेको सो चलचित्रले निर्देशनसहित ४ विधामा आेस्कार अवार्ड हात पारेको हो।

अहिले जो–जसले यो चलचित्र हेरका छैनन्, उनीहरुलाई यसको कथावस्तु के हो भन्ने कौतुहलता भएको हुनसक्छ।
आखिर ‘द सेप अफ वाटर’को कहानी के हो त?
यो चलचित्रको कहानी सन् १९६० तीरको हो, जब तत्कालिन सोभियत संघ र अमेरिकाको बीचमा शितयुद्ध चलिरहेको थियो। चलचित्रमा सेली हकिन्स मुख्य भुमिकामा देखिएकी छिन्। ‘एलिसा’ नाम गरेकी पात्रको रुपमा पर्दामा देखिएकी सेली बोल्न सक्दिनन्। उनी बाल्टिमोरको उच्च सुरक्षा सतर्कता रहेको एक खुफिया सरकारी प्रयोगशालामा सरसफाई गर्ने काम गर्दछिन्।

सो प्रयोगशालामा एलिसाको साथमा जेल्डा(ओक्टेविला स्पेन्सर) पनि सँगै काम गर्दछिन्। जेल्डाका अलावा एलिसा छिमेकमा बस्ने कलाकार जाइल्स(रिचर्ड जेनकिन्स)लाई पनि चिन्दछिन्। यी दुबै पात्र चलचित्रमा एलिसाको साथमा देखिएका छन्।
यी पात्रहरुको अतीतको कहानीको दृश्य पनि चलचित्रमा हेर्न सकिन्छ। एलिसाले काम गर्ने प्रयोगशालामा एक वैज्ञानिक डाक्टर हाफस्टेटलर(माइकल स्टुलवर्ग) पनि काम गर्दछन्। वास्तवमा उनी रुसका जासुस हुन्छन्।
चलचित्रमा पाचौँ पात्र अन्य सबै पात्रभन्दा बिल्कुल अलग छन्। यी पात्र हुन् प्रयोगशालामा एक ट्यांकभित्र रहने एक जलचर जीव। डग जोन्सले सो जीवको भूमीका निभाएका छन्। उक्त जलीय जीवले जिन्दगी र भावनाको बारेमा सोच्न तथा जान्नसक्छ।
चलचित्रमा एक भावनात्मक सवांद छ, जसलाई एलिसाले इशारामार्फत व्यक्त गर्दछिन्– ‘जब उ मलाई देख्छ र जसरी उसले मलाई देख्छ, तब उसले जान्दैन कि ममा के कमी छ। कसरी म अधुरो छु। उ मलाई उसैगरी देख्दछ जस्तो म छु।’

सो जलीय जीवलाई एक नदीबाट सेनाका अफिसर(माइकल सेनन)ले पक्राउ गरी बन्दी बनाउँछन्। चलचित्रमा यो देखाइएको छ कि सो जीव नदीको किनारी भागमा बस्ने अन्य जनावरहरुका लागि भगवान हो।
सो जीवलाई प्रयोगशालामा लगेर अनेक दुःख दिइन्छ। सो जीवसँग एलिसाको सम्बन्ध विस्तार हुँदै जान्छ र चलचित्रको कथाले गति लिदैँ जान्छ।
एलिसा सो जलीय जीवलाई बचाउने कोशिषमा रहन्छिन्। सोहि प्रयासमा उनले सो जीवलाई कहिले बाथटबमा त कहिले अन्य क्षेत्रमा लुकाउने कोशिष गर्छिन्।
चलचित्र ‘सेप फ द वाटर’मा सोहि जलीय जीव, मानिस र उसको अस्तीत्वको बीचको अन्तरसम्बन्ध तथा संघर्षलाई केन्द्रमा राखेर कथा अगाडी बढेको छ।
(बिबिसी हिन्दीबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।