एजेन्सी– फ्रान्सेस एमसीडोरम्यान्डले उत्कृष्ट अभिनेत्रीका लागि ओस्कार हासिल गरेकी छिन् । उनले ‘थ्री बिलबोर्डस्’ फिल्मबाट अवाडी हासिल गरेकी हुन् । उनले अवार्ड पाउनु अनौठो नभएको टिप्पणी गरिएको छ । किनभने यो अवार्ड सिजनमा उनले लगातार आफूलाई उत्कृष्ट बनाइरहेकी छिन् । उनले यही सिजनमा बाफटास र गोल्डेन ग्लोब्स अवार्ड समेत पाइसकेकी छिन् । उनीसँगै स्याल्ली हावकिन्स ‘द सेप अफ वाटर’, मार्गट रुबी ‘आइ, टोन्या’, सावइरेज रोनान ‘लेडी बर्ड’ र मेर्याल स्ट्रिव ‘द पोस्ट’बाट उत्कृष्ट अभिनेत्रीको अवार्डका आकांक्षी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।