एजेन्सी– फिल्म ‘डार्केस्ट आवर’बाट ग्यारी वल्डम्यानले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । अवार्डका लागि उनले आयोजकलाई ह्दयदेखि धन्यवाद दिदै भने, ‘सोफामा आरामसँग म अवार्डेड कार्यक्रम लाइभ हेरिरहेकी ९९ वर्षकी आमालाई अवार्ड समर्पण गर्न चाहान्छु । म ओस्कार घर लिएर आउँदैछु ।’ उत्कृष्ट अभिनेतामा ‘कल मी बाइ युर नेम’बाट टिमोथी चलमेट, ‘फेन्टम थ्रीड’बाट ड्यानियल डे लेविस, ‘गेट आउट’बाट डेनियल कालुया र ‘रोमन जे इजरेल, इएसक्यु’बाट डेन्जेल वासिंगटन नोमिनेशनमा परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।