एजेन्सी– मेक्सिकन फिल्म निर्देशक गिलेर्मो डेल टोरोले ९० औं एकेडेमी अवार्ड (ओस्कार)मा उत्कृष्ट निर्देशकको अवार्ड हासिल गरेका छन् । उनलाई ‘द सेप अफ वाटर’का लागि उक्त अवार्ड दिइएको हो , चौथोपल्ट मनोनयनमा परेका उनले पहिलोपल्ट अवार्ड जितेका हुन् । उत्कृष्ट निर्देशकमा ‘डंक्रिक’का निर्देशक क्रिस्टोफर नोलन, ‘गेट आउट’का निर्देशक जोर्डन पीले, ‘लेडी बर्ड’की निर्देशक ग्रेटा ग्रेविङ र ‘फेन्टम थ्रीड’का निर्देशक पल थोमस एन्डरसनले उनीसँग प्रतिष्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।