चितवन– चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डमा करेन्ट लागेर चालकको मृत्यु भएको छ।
ढुंग्रेखोला पुल नजिकै ना.७ ख ४८१८ नम्बरको टिपरमा आइतबार आगलागी हुँदा चालक साजन माझीको जलेर मृत्यु भएको छ ।
बाटो निर्माण गर्नको लागि बालुवा अनलोड गर्ने क्रममा टिपरको ढाला बिजुलीको तारमा छुन गई आगलागी भएको हो। जलेर गम्भीर घाइते भएका माझीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। आगलागीबाट टिपरमा पनि क्षती पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।