काठमाडौं- चीनले रसुवागढी-काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेसनल रेल वे एडमिनिस्ट्रेसनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले उक्त रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने सहमति गरेको हो।
सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए।
नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पुर्याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ। चीनले अब रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले स्पष्ट पारे।
यस अघि चिनिया राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको क्रममा सो रेल वे निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।