काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार भएको बताएका छन्।
कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको भनाइ थियो। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखी बनाउन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
मन्त्री भट्टले उद्योग संचालनका लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढ्दै गएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।