काठमाडौं- संघीय संसदले ९ दिनभित्र ६ वटा निर्वाचन गर्ने भएको छ। आइतबार सिंहदरवारमा बसेको पाँच राष्ट्रिय दलको कार्यव्यवस्था बैठकले सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने मिति तय गरेको हो। यसैबीचमा संसदले राष्ट्रपतिको निर्वाचन पनि गर्नेछ। राष्ट्रपति निर्वाचनमा भने संघीय सांसदसहित प्रदेशसभाका सदस्यले समेत मतदान गर्नेछन्।
संघीय संसदमा फागुन २६ देखि चैत ४ सम्म ९ दिनको बीचमा ६ वटा निर्वाचन हुने भएको हो।
निर्वाचन आयोगले यसअघि नै २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तोकिसकेको छ।
फागुन २६ मा प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन हुनेछ।
चैत २ मा प्रतिनिधिसभामा उपसभामुख चयनका लागि निर्वाचन हुनेछ। सभामुख र उपसभामुख फरक लिंग, समुदाय र दलबाट हुनुपर्ने भएकाले एकैपटक दुई निर्वाचन हुने छैनन्।
त्यस्तै, चैत ३० मा राष्ट्रियसभाका अध्यक्षका लागि राष्ट्रियसभामा निर्वाचन हुनेछ। राष्ट्रियसभाको उपाध्यक्षका लागि चैतको ४ मा निर्वाचन हुनेछ।
कहिले कुन निर्वाचन
फागुन २६ गते – समामुख चयन
२७ गते – प्रधानमन्त्रीले विश्वासको मत लिने
२९ गते – राष्ट्रपतिको निर्वाचन
३० गते – राष्ट्रियसभा अध्यक्ष निर्वाचन
चैत २ गते – प्रतिनिधिसभा उपसभामुख चयन
चैत ४ गते – राष्ट्रियसभा उपाध्यक्षका लागि निर्वाचन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।