काठमाडौं– तराईमा फिल्मी शैलीमा श्रृङखलाबद्ध हत्या गर्ने एक मोष्ट वान्टेड अभियुक्त मोहम्मद सकिल हुसेनलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरी आइतबार नेपाल ल्याएको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतारकै अधिकारीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका थिए।
उनीविरुद्ध गत वर्ष रेड कर्नर नोटिस जारी भएको थियो। नेपाल प्रहरीले इन्टरपोलमार्फत कतार प्रहरीसँग समन्वय गरी गत महिना पक्राउ गरेको थियो। त्यहाँबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो।
उनले सप्तरीमा ७ जनाको हत्या गरेका थिए। सो मुद्दामा सर्वश्वसहित हुसनेविरुद्ध मुद्दा दायर भइसकेको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले बताए।
जेलबाट छुटाइदिने भन्दै उनले जेलभित्रै चिनेका व्यक्तिका परिवारसँग सम्पती लिएपछि हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।