काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेको छ। सातामा भएको कारोबारमा आइतबार दोहोरो अंकले गिरावट आएको सेयर बजार सोमबार स्थिर देखिएको थियो।
मंगलबार शून्य दशमलव ९१ अंकले घटेर परिसूचक १ हजार १ सय ९ दशमलव १६ अंक कायम भएको छ। १ सय ६५ वटा कम्पनीको ११ लाख ३४ हजार कित्ता ३ हजार ८ सय ४१ पटक किनबेच हुँदा २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ समुह, व्यापार समूह र जलविद्युत समुहको उपसूचक क्रमशः शून्य दशमलव ८३, १९ दशमलव ०२ र शून्य दशमलव ८५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १६ दशमलव २९ अंकले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक प्रोमोटर सेयर ५ करोड ८१ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाईड्रो पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।